लागुऔषधसहित विभिन्‍न स्थानबाट ११ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटल याला पिकबाट अवैध लागुऔषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा महिलाले बोक्ने झोलाभित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त झोला केनियाका नागरिक ६३ वर्षीया  महिलासँग लिएको भन्ने खुल्न आएपछि काठमाडौं ठमेलस्थित होटल ट्राभलर्स होमबाट ती महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरकाे बेलौरी नगरपालिका-६ विद्यानगर शारदा मावि नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम १० मिलिग्रामसहित सोही नगरपालिका-९ रतनपुर बस्ने २० वर्षीय जिवन भण्डारी समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुर खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओली रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-९ सोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ४८० मिलिग्रामसहित सोही नगरपालिका-१ लम्की बस्ने २३ वर्षीय राजु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाकाे मेचिनगर नगरपालिका-१३ चारआलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका अठारकट्ठे बस्ने २६ वर्षीय आकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचिनगर नगरपालिका-१० मियाँबस्ती बस्ने ३१ वर्षीय मेसरु मियाँलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?