प्रियंका अभिनित ‘सिटाडेल’को लण्डनमा प्रिमियर

Read Time = 1 min

एजेन्सी । प्रियंका चोपडा र रिचर्ड म्याडेनको अभिनय रहेको सिरिज ‘सिटाडेल’को लण्डनमा प्रिमियर गरिएको छ । यो ग्लोबल प्रिमियरमा प्रियंका म्याडेन र शृंखलाका निर्मातासँग नीलो कार्पेटमा हिँडनुभएको थियो । प्रिमियरमा प्रियंका पति निक जोनस र आमा मधु पनि सहभागी रहनुभएको थियो ।

उक्त ग्राण्ड प्रिमियरमा मिडियाका लागि पोज दिएका प्रियंकाका तस्वीर र भिडियो सामाजिक सञ्जालमा छाएका छन् । ती तस्वीरमा प्रियंका र नीकका रमाइला क्षण, सहकलाकार म्याडेनसँग उहाँको केमेस्ट्री र उहाँले पहिरिएको रातो गाउन प्रस्तुत गरिएको छ ।

फेसनसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रिमियरमा सहभागी प्रियंकाको लुक्स, पहिरन र एस्सेसरिजको चर्चा गरेका छन् । सिटाडेल सिरिज अमेजन प्राइम भिडियोमा आगामी २८ अप्रिलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?