अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी

Read Time = 3 mins

काठमाडौं । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित मार्ग लागू गर्ने भएको छ । विभागले अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको हो ।

आज पत्रकार सम्मेलन गरेर विभागले वेवमा आधारित स्वचालित मार्ग मार्फत विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको बारेमा जानकारी दिएको हो ।

सरकारले पहिलो चरणमा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले सरकारको नीतिअनुसार यो व्यवस्था कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ ।

जसअनुसार सरकारको नीतिअनुसार साना लगानीको सबै काम अनलाइनमार्फत नै सम्पन्न हुनेछ भने ठूला लगानीकर्ताहरूलाई पनि यस्तो सुविधा क्रमशः दिइनेछ । ठूला लगानीकर्ताले विद्युतीय माध्यमबाट प्रत्यक्ष वैदेशिक लगानी स्वीकृतिको माग गरेमा पूर्व तयारीका कार्य गर्न सक्ने गरी सोहीअनुसार प्रक्रिया अघि बढाइएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपा राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरु स्वचालित (अटोमेटिक रुट) बाट प्रदान गर्न सकिने व्यवस्था गर्न लागिएको हो ।

२ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?