लेस्टर र लिड्स रेलिगेसनमा

Read Time = 2 mins

लण्डन । लेस्टर सिटी र लिड्स युनाइटेड इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेका छन् । लेस्टरले लिगको अन्तिम खेलमा जित निकाले पनि अर्काे खेलमा एभर्टनले जित हासिल गरेपछि रेलिगेसनमा परेको हो । लेस्टरको जितमा हार्भे बार्नेस र वोउट फाइसले गोल गर्नुभयो । वेस्ट हृयाम युनाइटेडका पाब्लो फोर्नाल्सले एक गोल फर्काउनुभयो ।

यस जितले लेस्टर ३८ खेलबाट ३४ अंक जोडेर १८औँ स्थानमा रहँदै टोलीको नौ वर्षको प्रिमियर लिग बसाइ अन्त्य भएको छ । लेस्टर सन् २०१५-१६ को च्याम्पियन बनेको थियो ।

यस्तै, अर्काे खेलमा घरेलु मैदानमै टोटनहम हटस्परसँग चार-एकले पराजित हुँदै लिड्स युनाइटेड पनि रेलिगेसनमा परेको छ । लिड्सले यो सिजन प्रिमियर लिगमा ३८ खेलमा सात जित, १० बराबरी र २१ हारको नतिजासहित ३१ अंक जोडेर १९औँ स्थानमा रहृयो ।

यसअघि प्रिमियर लिगको अर्को टोली साउथहृयाम्टन पनि रेलिगेसनमा परिसकेको छ । टोटनहमको जितमा हृयारी केनले दुई तथा पेड्रो पोरो र लुकास मोउराले समान एक गोल गर्नुभयो । लिड्सका ज्याक हृयारिसनले एक गोल फर्काउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?