काठमाडौं । अञ्जु पन्तको स्वरमा रहेको देउडा गीत ‘लैजा परान’को भिडियोले दर्शकको मन जितेको छ । यो गीतमा शब्द तथा संगीत महेशकुमार औजीको रहेको छ भने संगीत संयोजन कृष्ण बाजुरालीको छ । समन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियो मर्मस्पर्शी बनेको छ ।
भिडियोमा वैँशालु उमेरमै अशक्त श्रीमान्को स्याहार-सुसारमा नाबालिका छोरीसहितको जिम्मेवारी वहन गर्दै गरेकी महिलाको संघर्षलाई चित्रण गरिएको छ । ती महिला चर्को संघर्षबीच आफूलाई साहराविहिन् भएको अनुभवमा जिन्दगीदेखि हार खाएकी हुन्छिन्, त्यतिबेला यो समाजले हेर्ने दृष्टिकोणमात्र होइन, गर्भमा हुर्किँदै बाबाको प्यारो काखमा लुटपुटिने प्यासका साथ बाबा माथिको अपार प्रेम गीतको भिडियोमा देख्न सकिन्छ ।
कर्णाली इन्टरटेन्टमेन्टबाट सार्वजनिक भएको यो गीतको भिडियोमा विमल अधिकारी तथा मिस पविले अभिनय गर्नुभएको छ । यो गीतका निर्माता भने पदमबहादुर बुढामगर हुनुहुन्छ । गीतको भिडियोलाई नवराज सुवेदी टिमले खिचेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच