टेलिकमको नाफा आठ अर्ब ३८ करोड

Read Time = 3 mins

काठमाडौं । नेपाल टेलिकमले नाफा बढाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधि अर्थात् असारसम्ममा कुल सञ्चालन आय ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रहेकोमा चालु आवको सोही अवधि अर्थात् २०७९ असारसम्ममा एक अर्ब ९५ करोड ४२ लाख ७५ हजार अर्थात् ५.४४ प्रतिशतले वृद्धि भई ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

गत आवको असारसम्मको कुल आय ४२ अर्ब २० करोड ९९ लाख तीन हजार रहेकोमा चालु आवको सोही अवधिसम्मको कुल आय दुई अर्ब ११ करोड १४ लाख ५४ हजार अर्थात् पाँच प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार पुगेको कम्पनीले जनाएको छ । त्यस्तै गत आवको असारसम्मको खुद मुनाफा सात अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेकोमा चालु आवको सोही अवधिसम्ममा एक अर्ब २५ करोड छ लाख ४७ हजारले वृद्धि भई आठ अर्ब ३८ करोड ८८ हजार पुगेको छ ।

डाटा सेवा प्रयोगमा वृद्धि भएका कारण जिएसएम डाटातर्फ करिब ५० करोड वृद्धि भएको छ भने फोरजी सेवाको व्यापक विस्तारका कारण जिएसएम भ्वाइस सेवा प्रयोग वृद्धि भई करिब दुई अर्ब ५५ करोड वृद्धि भएको कम्पनीले जनाएको छ । अन्तरआबद्धतासम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटिटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब ७० करोडले कमी भएको बताइएको छ ।

वायरलेस सेवा प्रयोगमा वृद्धिसँगै वायरलाइन सेवाको प्रयोग घटेकाले राजस्वमा करिब २१ करोडले कमी आएको पनि कम्पनीले जनाएको छ । सिडिएमए र जिएसएम सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब १२ करोडले कमी आएको, बैंक व्याजदरमा भएको परिवर्तनका कारण व्याज आम्दानी करिब ७७ करोडले वृद्धि भएको, विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब ३७ करोड फरेन एक्सचेन्ज गेन भएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?