आज वाकाथन र फन रन हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा आगामी शनिबार वाकाथन र पाँच किलो मिटरको दौड आयोजना हुने भएको छ । कोषको ५०औं वार्षिकोत्सवको अवसरमा संस्थाले वाकाथन र पाँच किलोमिटर दौडको आयोजना गरेको हो ।

कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले वित्तीय अनुशासनसम्बन्धी सचेतनाका लागि भन्ने नारासहित वाकाथन र दौडको आयोजना गरिएको बताउनुभयो । उहाँले कोषको ५०औं वार्षिकोत्सवको अवसरमा वित्तीय अनुशासनसम्बन्धी सचेतनाका साथै विभिन्न कार्यक्रम गरी मनाउन थालिएको जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा डबलीबाट सुरु हुने दौड बिहान साढे ६ बजे सुरु हुनेछ । दौड कमलादी, कमलपोखरी, नक्साल, डिसिजिएफ अफिस, गैह्रीधारा, लैनचौर, जमल, घण्टाघर पुगेर पुन कमलादीमा आएर समापन हुनेछ । पाँच किलोमिटर दौडका महिला तथा पुरुष विधाका विजेतालाई समान १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुने खेलाडीलाई समान पाँच हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । कोषको केन्द्रीय कार्यालय टंगालमा वाकाथन र दौडमा सहभागी हुन चाहने व्यक्तिले नाम दर्ता गर्न सक्नेछन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?