काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा बुधबार भैरहवामा सम्पन्न भएको छ । सभाले युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने÷गाभिनेसम्बन्धी अन्तिम प्रस्तावलाई पारित गरेको छ ।
गाभिएपछि बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्नेसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । तीनवटै कम्पनीको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धी कार्यका लागि गरिएको अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य भए, गरेका मर्जर सम्बद्ध सम्झौता अनुमोदन गर्ने, चल/अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तयार गर्न नियुक्त लेखापरीक्षक/मूल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि बाँकी काम कारबाही/प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारीका साथै सञ्चालक समितिमा हुने फेरबदल तथा सञ्चालक समितिको कार्यकालसम्बन्धी प्रस्तावसमेत पारित भएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच