मस्कोमा गोली चल्दा कम्तीमा ६० जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । मस्कोको उत्तरपश्चिममा रहेको क्रोकस सिटी हल कन्सर्ट स्थलमा शुक्रवार भएको गोलीकाण्डमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । साथै एक सय १५ जना भन्दा बढी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

रुसी संघीय सुरक्षा सेवाले यसबारेमा जानकारी गराइएको हो । घटनास्थलमा उद्धारका लागि प्रहरी,सवारीसाधन, दमकल र एम्बुलेन्सहरू पुगेका छन् । भवनको आगो अझै नियन्त्रणमा नआएको बताइएको छ ।

रूसी संस्कृति मन्त्रालयले आजका लागि संघीय सांस्कृतिक संस्थाहरूमा हुने सबै सामूहिक र मनोरन्जन कार्यक्रमहरू रद्ध गर्ने घोषणा गरेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?