एसीसी प्रिमियर कपः नेपाल टस हारेर ब्याटिङमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस हारेको छ ।

ओमानविरुद्धको जारी खेलमा नेपालले टस हारेर ब्याटिङ रोजेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?