बडिगाडको आठ बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्दै गाउँपालिका

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बीच भाग हुँदै गएपछि बागलुङको बडिगाड गाउँपालिकाले मुहार फेरेको छ । गाउँपालिकाको वडा नम्बर १ हाँडीखोलादेखि वडा नम्बर ७ भिमगिठेसम्मका विभिन्न ठाउँहरुमा बजार बिस्तार हुँदै गएका छन् । बजार बिस्तार हुँदै गएपछि अपराधक घटनाहरु पनि बढ्दो छ । बजार क्षेत्रमा सिसी क्यामरा जडान नहुँदा प्रहरीलाई घटनामा संलग्न व्यक्तिलाई पत्ता लगाउनसमेत गाह्रो परेको छ ।

गाउँपालिकाले अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्न सिसी क्यामरा जडान गर्न थालेको छ । वडा नम्बर १ देखि ७ सम्मका आठ बजारमा सिसी क्यामरा जडान गर्न थालिएको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ को हाँडीखोला, वडा नम्बर २ खर्बाङ, वडा नम्बर ५ को न्वारा, खौलारा र खारा, वडा नम्बर ६ को खाल, वडा नम्बर ७ को भिमगिठे र भिमघाट बजारमा सिसी क्यामेरा जडान गर्न थालिएको हो ।

अध्यक्ष अधिकारी भन्नुहुन्छ–“लोकमार्ग छेउछाउका क्षेत्रहरुमा धमाधम घर भवनहरु बनि रहेका छन्, सँगसँगै बढ्दो बजारीकरणका कारण यहाँ धेरै घटनाहरु पनि हुने गरेका छन्, त्यस्ता घटनाहरु नियन्त्रण गर्न गाउँपालिकाले बजार क्षेत्रमा सिसी क्यामरा जडा गर्न थालेको छ, पहिलो चरणमा आठ बजारमा सिसी क्यामरा जडान गर्दै छौँ ।”

उहाँले सिसी क्यामरासँगै आगामी वर्ष सडक बत्तीसमेत जडान गर्न बताउनुभयो । बजार क्षेत्रको सौन्दर्यकरणसँगै सडक बत्तीले चोरी तथा अन्य घटना हुनबाट रोक्ने उहाँको भनाई छ । सिसी क्यामराको कन्टोलर प्रत्येक प्रहरीचौकी र गाउँपालिकामा हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले कार्यपालिकाको निर्णय अनुसार बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्न थालिएको बताउनुभयो । आठ बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्दा करिब पाँच लाख लागत लाग्ने भण्डारीको भनाई छ । अहिले यि क्षेत्रमा राखेर सुरुवात गर्न थालेको भन्दै आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि बिस्तार गर्ने उहाँले बताउनुभयो ।

“बजार क्षेत्रमा सिसी क्यामरा र सोलर बत्ती अति आवश्यक पर्छ, आगामी वर्षमा सोलर बत्तीको समेत व्यवस्थापन गर्ने गरि योजना बनाइ रहेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो– “सिसी क्यामरा र सडक बत्तीसँगै बजारलाई थप व्यवस्थित गराउन तर्फ हामीहरु लागेका छौँ ।” हाल वडा नम्बर वडा नम्बर ५ मा मात्रै सडक बत्ति जडान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?