नबिलको घर कर्जा अफर

Read Time = 1 min

काठमाडौं । नबिल बैंकले दशैं-तिहार घर कर्जा धमाका नामक आवास कर्जा योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकले आकर्षक ब्याजदरसाथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । आवास कर्जा घर खरिद, घर निर्माण, तला थप, रङरोगनका लागि उपलब्ध हुनेछ ।

पहिलो घर खरिदकर्ताका लागि घरको मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा लिनसक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ । ३५ वर्षसम्मकोे कर्जा अवधि सुविधा भएको आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि रहेको छ । योजना सीमित अवधि रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?