सुरुङ खन्ने मेसिन पुरिदा सुनकोशी-मरिन डाइभर्सनको काम १८ दिन देखी ठप्प

हिमालय टाइम्स
Read Time = 2 mins

सिन्धुली । सुनकोशीमरिन डाइभर्सनमा १८ दिनदेखि सुरुङ खन्ने काम ठप्प भएको छ ।

सुक्खा माटो खसेर टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन पुरिए पछि १६ दिन देखी काम ठप्प भएको हो ।

आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेल बोरिङ मेसिन पुरिएर काम ठप्प भए पछि बाइपास सुरुङ बनाएर आयोजनाको काम सुचारु गर्ने प्रयास भईरहेको छ । सो बाइपास सुरुङ बनाउनका लागि पनि कम्तिमा ७ दिन लाग्ने हुदाँ झन्डै एक महिनासम्म आयोजनाको काम ठप्प हुनेछ ।

‘सुख्खा माटो झरेर टीबीएम सुरुङ भित्र पुरिएपछि त्यसलाई निकाल्न बाइपास सुरुङ खनेर निकाल्ने प्रयास गरिरहेका छौं, भित्र माटो खस्ने क्रम अझै जारी रहेकाले समस्या भईरहेको छ, यद्धपी बाइपास सुरुङ खनेर टिबिएम निकाल्नका लागि कम्तिमा एक हप्ता लाग्ने अनुमान गरी काम गरिरहेका छौं’ उहाँले भन्नुभयाे ।

यसअघि पनि सुख्खा माटो खसेर टिबीएम सञ्चालनमा समस्या भए पछि ९ दिन लगाएर बाइपास सुरुङ खनी काम सुचारु गरिएको थियो ।  हाल ४.६६ किलोमिटर सुरुङ खनि सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?