सियारी गाउँपालिकाद्वारा मस्जिदमै पुगेर फलफूल वितरण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जिदमै पुगेर फलफुल वितरण गरेको छ ।

मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जिदमा पुगेर फलफुल वितरण गरेको हो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपकबहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मीलगाएतले पालिका भित्र सञ्चालनमा रहेका ८ ओटा मस्जिदमा पुगेर एउटा मस्जितलाई ५ हजार बराबरको फलफुल प्रदान गर्नु भएको छ ।

रोजा (व्रत) बसेका मुस्लिम समुदायलाई रोजा खोले पछि खान मिल्ने गरी स्याउ, केरा, सुन्तला र खरबुजालगाएतका फलफुल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

उहाँले स्थानिय सरकारले सबै धर्म र समुदायलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सबै धर्म, वर्ग र समुदायको साथमा स्थानिय सरकार रहेको उल्लेख गर्नु भयो ।

अध्यक्ष घिमिरेले स्थानिय सरकारले आगामि दिनमा पनि अन्य धर्म र समुदाय बिशेषका पर्वलाई पनि ध्यानमा दिएर कामगर्ने बताउनु भयो ।

गएको वर्षमा नयाँ वर्ष सँगै रोजापर्व शुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभए सम्म पानी समेत खाँदैनन् । मुस्लिम समुदायको पर्व रमजानको शनिवार अन्तीम दिन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?