तिलाद्वारा बालअधिकार सुनिश्चित गर्न पञ्चवर्षीय रणनीतिक योजना

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला ।जुम्लाको तिला गाउँपालिकाले पालिका भित्रका बालबालिकाका अधिकार सुनिश्चत गर्नेका लागी पञ्चवर्षीय रणनितिक योजना निर्माणमा जुटेको छ । बाल अधिकारका सवाललाई सम्बोधन गर्न पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्ने लागी परेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।

पालिकाभित्र बालबालिका सम्बन्धी कामगर्ने जुनसुकै निकाय तथा संघसंस्थाहरूसंग सहकार्य र समन्वयबाट कामगरिने उपाध्यक्ष बुढाले भन्नुभयो,“ पालिका नौवटै वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने विषयमा पनि छलफल गरिएको छ । आउने वर्षको निति तथा कार्यक्रममा बालबालिका हक अधिकारलाई सुनिश्चित गर्नेका लागि उनीहरुका मागलाई सम्बोधन गरिने भएको छ । यसका लागि आवश्यक सबै सूचकहरू पूराभए नभएको बारे दुई दिने बालबालिका सम्बन्धी पञ्चवर्षिया रणनिति योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी समेत गरिएको उपाध्यक्ष बुढाको भनाइ छ ।

पालिकाले पुरा गर्नुपर्ने १५ वटा सूचकहरु पुरा गरेपछि पालिकालाई बालमैत्री वडा घोषण गरिने प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टले बताउनुभयो । बालबालिकालाई श्रम गराउने, शिक्षाबाट वञ्चित गराउने, विभिन्न कार्यमा खटाउने, लागूपदार्थ दुव्र्यसन र मादक पदार्थ किनबेच तथा प्रयोगमा सामेल गराउने जस्ता अवाञ्छित क्रियाकलापलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताउनुभयो ।

बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकारको प्रमुख जिम्मेवारी रहेको छ । देश विकासदेखी समाजको आधार निर्माण गर्नेका लागि पालिकाभित्रका बालबालिकाको अधिकार,कर्तव्य र दायित्वलाई सुनिश्चित गर्न अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, संचारकर्मी, संघसंस्थाका प्रतिनिधि, आमनागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने तिला गाउँपालिकाले जनाएको छ । सो दुई दिने गोष्ठीमा पालिकाका कर्मचारी,जनप्रतिनिधि र पत्रकारको सहभागी रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?