यस्तो छ–आजको विदेशी विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा कायम भएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ९० पैसा र बिक्री दर १६२ रुपैयाँ ६३ पैसामा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८६ रुपैयाँ र बिक्री दर ८५.२४ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसामा कारोबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसाले भाउँ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८० पैसा र बिक्री दर ९ रूपैयाँ ८४ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँमा खरिदबिक्रीको अनुमति दिएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.५१ पैसा विक्रीदर ४३१.४५ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?