✍️ भूपप्रसाद धमला
घना जङ्गलबीचको बाटो भएर जाँदा जाँदै एक ठाउँमा बिबश टक्क अडियो । वसन्त ऋतुको आगमनसँगै रूखको हाँगामा पलाएको नवपालुवाको सौन्दर्य अधिक मनमोहक थियो । न्यानो हावाको स्पर्शले हल्का हल्लिरहेका पातहरू देखेर ऊ औधि रोमान्चित भयो । एउटा बडेमानको रूखमुनिको शीतल छहारीमा टुसुक्क बसेर उसले गन्तव्य सोच्यो-दृश्य यति धेरै मनोरम छ तर यो छोडेर टाढा जानु छ । यति टाढा जानु छ कि रात दिन नखाई नसुती हिँड्नु छ । आटव्य जङ्गल, हिंस्रक जीवजन्तु, हुरीबतास, गड्याङ्गुडुङ, चट्याङ, झरी, बादल, बाढी, पहिरो सबै सबै छिचोल्दै अघि बढ्नु छ । सोच्दा सोच्दै ऊ आफैँभित्र एक छिन कतै हरायो । फेरि झसङ्ग हुँदै जुरुक्क उठेर फेरि हिँड्यो ।
सुनसान जङ्गलबीच हिँड्दा हिँड्दै दिन ढल्कियो । जसै साँझ पर्यो नजिकैको गाउँमा टुकी बलेको प्रकाश मधुरो भए पनि धेरै ओटा घरको जोडिएनाले झलमल्ल देखियो । तर, जङ्गल छेउको घर भएर हो कि किन हो सबै घरका ढोका बन्द देखिए । कतै बास पाइएन । बिबश निरन्तर अगाडि बढ्दै गयो । गन्तव्यसम्म पुग्ने उसको अखण्ड यात्रा जारी थियो । अलि पर कुकुर भुकेको घ्वाङवाङ आवाज बिबशको कानभित्र पुगेर बिलायो । बिबशले सोच्यो–बिचरा यी कुकुरहरू किन भुकेका होलान् ? कसको खातिरदारी गरेका होलान् ?
हिँड्दा हिँड्दै रात बित्यो । बिबशलाई औधि भोक लागेको थियो । मुखै खरपट्ट सुक्ने गरी तिर्खा लागेको थियो तर कसलाई भन्नु ? गन्तव्यमा पुग्नु छ । सकेसम्म छिटो पुग्नु छ । एउटा उद्देश्य पूरा गर्नु छ । पुगेर लामो सास फेर्नु छ । यस्तै तर्कना गर्दै बिबश लुरुलुरु हिँडिरहृयो । अलि पर एउटा गाउँ भेटियो । किसानहरू खेतमा काम गर्दै थिए । महिलाहरू घर वरिपरि गाई भैंसीका लागि घाँसपात गर्दै थिए । बिबशले आफूसँग भएको च्युरा अलिकति खायो । एउटी महिलासँग पानी मागेर पियो । अनि फेरि बाटो लाग्यो ।
बिबशको गन्तव्य कुनै निश्चित ठाउँ थिएन । पुगेर फेरि पहिलेकै ठाउँमा फर्कनु पनि थिएन । त्यसैले उसको यात्रा दुई चार दिनको थिएन । दुई चार महिनाको मात्र पनि थिएन । वर्षौंको यात्रा थियो । अझ भनौँ जीवनभरको यात्रा थियो ।
बिबशको गन्तव्य कुनै निश्चित ठाउँ थिएन । पुगेर फेरि पहिलेकै ठाउँमा फर्कनु पनि थिएन । त्यसैले उसको यात्रा दुई-चार दिनको थिएन । दुई-चार महिनाको मात्र पनि थिएन । वर्षौंको यात्रा थियो । अझ भनौँ जीवनभरको यात्रा थियो । जीवनका सुखदुःख भोग्ने यात्रा थियो । भोगेर जीवनको अर्थ बुझ्ने यात्रा थियो ।
बेलुकीपख ऊ एउटा शहर पुग्यो । शहरमा झिलिमिली बिजुली बत्ती बलेको थियो । यस्तो रमणीय दृश्य उसले कहिल्यै देखेको थिएन । शहरको रमझम देखेरै ऊ रमायो । सडकको पेटीमा बसेर यताउती हेर्यो । यो शहरको पल्लो छेउ कहाँ होला ? त्यहाँबाट उता के होला ? हतार गरी हिँडेका यी मानिसहरू कहाँ जाने होलान् ? तिनको गन्तव्य कहाँ होला ? यस्तै कुराको सोचाइमा बिबश अल्मलियो ।
अनायासै सुकिलो लुगामा सज्जिएको एकजना सज्जन मानिस त्यहाँ आइपुग्यो । एउटा युवक सडकको पेटीमा बसेर टोलाइरहेको देख्यो । अल्मलिएको बिबशको छेउमा पुगेर त्यस मानिसले सोध्यो- ‘बाबु तपाईंको नाम के हो ? घर कहाँ हो ? यता किन आउनु भएको थियो ?’
सज्जन मानिसले भद्र स्वरमा सोधेको प्रश्नले बिबश अचम्भित भयो-‘हजुर, मेरो नाम बिबश हो । म त्यही जङ्गललपारिको गाउँको मान्छे हुँ । परदेशतिर हिँडेको । एक्लै बाँच्ने इच्छाले बाटो लागेको । जीवनका उहापोह बुझ्न हिँडेको ।’
‘खासमा जान खोजेको ठाउँ चाहिँ कुन हो, बाबु ?’
‘अहँ, मलाई थाहा छैन । कहाँ पुगिने हो ठेगान छैन । बस्ने खाने ठाउँको पनि पत्तो छैन ।’
त्यस निर्दोष युवकको कुरा सुनेर सज्जन मानिस तीनछक्क पर्यो । उसको बिबेकशील मनले सोच्यो-
‘यस्तो अन्जान युवक किन आफ्नो घर छोडेर हिँडेको होला ? उसका पनि बाबुआमा होलान् । भाइबहिनी पनि होलान् । बिहे गरेको भए श्रीमती पनि त होलिन् । के ऊ घरबार त्यागेर हिँडेको बुद्ध होला ? अथवा स्वतन्त्र विचरण गर्न आश्रम खोज्दै हिँडेको सन्यासी होला ? किन यसरी युवाहरू घर छोडेर हिँड्ने गर्छन् ?’
सज्जन मानिस सोचमग्न भएको देखेर बिबशले सोध्यो- ‘हजुर, यो शहरमा केही काम पाइन्छ कि ?’
प्रश्न सुनेर सज्जन मानिसले ठान्यो यो युवकले गरिखाला जस्तो छ । कामको खोजी गर्यो । यसलाई मेरो आफ्नै ब्यबसायमा काम दिनुपर्ला जस्तो छ । मलाई पनि काम गर्ने मान्छे चाहिएकै थियो । अब ढुक्क हुने भयो ।’
‘कस्तो काम गर्न मन पर्छ ?’
‘जस्तो भए पनि गर्छु, हजुर । यस्तो उस्तो भन्ने मेरो कुनै रोजाइ छैन ।’
‘मेरो कपडा पसल छ । त्यहाँ काम गर्ने हो त ?’
‘गर्छु, हजुर । जस्तो काम पनि गर्छु ।’
‘ल हुन्छ, अहिले नै मेरो पसल जाऔं । काम हेरेर तलब सुबिधा दिन्छु ।’
भोकाएको मानिस सजिलै फकिन्छ । बिबश सज्जन मानिसको पछिपछि लाग्यो । पसल पुगेर कामको प्रकृति हेर्यो । उसलाई कपडा पसलमा काम गर्न मन पर्यो । बिबशले छिट्टै काम सिक्यो । सज्जन मानिस त्यो शहरको प्रख्यात व्यापारी रहेछ । बिबशको मिहिनेतले पसलको ख्याति अझ परसम्म फैलियो । व्यवसायमा अप्रत्याशित वृद्धि भयो । दिन दुई गुना रात चौगुना हुँदै पसलले धेरै पैसा कमायो । बिबशको इमान्दारीले व्यापारीको मन पगाल्यो । सज्जन व्यापारीले कबुल गरेको भन्दा बढी तलब सुविधा पनि दियो । बिबशले त्यो पैसाले शहरमा एउटा घडेरी किनेर घर पनि बनायो तर त्यो घरमा बस्ने मानिस फगत ऊ एक्लै भयो ।
अफसोस् बिबश भित्री मनमा खुसी थिएन । ऊ सानै हुँदा उसका बाबुआमालाई बिते । जसोतसो उसको काकाले उसलाई बाह्र कक्षासम्म पढायो तर त्यस बापत उसले बिबशको भागमा पर्ने घरबारी आफ्नो स्वामित्वमा पार्यो । गाउँ छोडेर हिँड्नुबाहेक उसको विकल्प थिएन ।
रहँदाबस्दा सज्जन मानिसको मनमा एउटा अनौठो सोच आयो-‘बरु आफ्नी छोरीको बिहे यही बिबशसँग पो गरिदिनु पर्ला ।’ उसले छोरीसँग यस बारेमा सल्लाह गर्यो । छोरीलाई पहिले नै बिबश मन परिसकेको रहेछ । सज्जन व्यापारीले छोरीसँग बिबशको बिहे धुमधामसँग गरिदियो । छोरी-ज्वाइँ सुखपूर्वक दिन बिताउन थाले । समयक्रममा एक छोरा र एक छोरी जन्मे । उनीहरू शुक्ल पक्षका चन्द्रमा जस्तै सल्सल्ती बढे । स्कुलमा पनि उनीहरूले रामो प्रगति गरेको खबर आउन थाल्यो । कुनै कुरामा कमी थिएन । वरपर छरछिमेकले बिबशको परिवारलाई नमुना बनाएर आफ्ना परिवारका सदस्यलाई पनि त्यस्तै हुनुपर्छ भन्थे । बिबशको जीवन पूर्णरूपले सफल भएको देख्न सकिन्थ्यो ।
तर अफसोस् ! बिबश भित्री मनमा खुसी थिएन । ऊ सानै हुँदा उसका बाबुआमालाई हैजाले टपक्कै टिप्यो । बाल्यकालमै ऊ टुहुरो भयो । जसोतसो उसको काकाले उसलाई बाह्र कक्षासम्म पढायो तर त्यस बापत उसले बिबशको भागमा पर्ने घरवारी आफ्नो स्वामित्वमा पा¥यो । गाउँ छोडेर हिँड्नुबाहेक उसको विकल्प थिएन ।
अहिले पो बिबशले शहरमा काम गर्ने मौका पायो । आफ्नै इमान्दारीले व्यापार बढायो । आफ्नै पौरखले प्रशस्त धन कमायो तर अझै ऊ खुसी भएन । उसको गन्तव्य शहरीया भौतिक सुख सयल थिएन । उसको गन्तव्य घर परिवारको सुख सन्तुष्टि पनि थिएन । भौतिक सुखको खोजीमा ऊ हिँडेको थिएन । उसले आत्मिक सुख अझै पाएन । शायद उसको गन्तव्य आत्मिक सुखको खोजी थियो ।
एक दिन बिहानै मायालु श्रीमती र प्यारा छोराछोरीलाई ओछ्यानमै चटक्क छोडेर बिबश बाहिर निस्कियो । अँध्यारैमा शहर छिचोलेर धेरै पर पुग्यो । झिसमिसे उज्यालोमा उसले एउटा खोला देख्यो । अनि खोला जताबाट बग्दै आएको थियो त्यतैतिर हिँड्दै गयो । खोला सुसाएको आवाजसँगै उसले आफ्नो सुसेली मिसायो ।
बाटैभरि उसले धर्मराज युधिष्ठिरलाई सम्झ्यो । युधिष्ठिरको गन्तव्य स्वर्ग थियो । खोलाको पानीको गन्तव्य समुद्र हुँदो हो । बिबशको गन्तव्य त्यही खोलाको मुहान थियो जुन शायद आत्मिक सुखको पनि मुहान थियो । तर, बिबशले जति उँभो जाँदा पनि नदीको मुहान भेट्न सकेन । बिबशको गन्तव्य कहिल्यै भेटिएन । थकानले लखतरान भएर बिबश त्यही खोलाको किनारमा थुचुक्क बस्यो । निरन्तर बगिरहने पानीलाई एकटक लगाएर हेर्यो । फेरि उठेर किनारै किनार हिँड्यो । अनेकौं पटक किनारमा थकाइ मार्दै फेरि हिँड्दै निरन्तर यात्रा गर्दै रहृयो । बिबशको अखण्ड यात्रा जारी रहृयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच