स्याङ्जामा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

स्याङ्जा । स्याङ्जामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

पुतलीबजार नगरपालिका वडा नम्बर १४ भिरबारीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको हो।

दुर्घटनामा दाङको दङ्गीशरण गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय रामहरि चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

भित्री सडक खण्डमा तोप्सेबाट लामागेका लागि छुटेको ग १ त ४९८७ नम्बरको ट्र्याक्टर बाटोमा पल्टिएको प्रहरीको भनाइ छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?