एसियाडका लागि उसु छनोट सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल उसु संघको आयोजनामा १९औँ एसियाली खेलकुदका लागि उसु छनोट प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको सान्सौंतर्फ पुरुषमा पाँच र महिलामा दुई स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । थाउलोमा पुरुष/महिलामा समान चार-चार स्पर्धा समावेश छन् ।

तीनदिने प्रतियोगितामा करिब १५० खेलाडीको सहभागिता रहेको उसु संघले जनाएको छ । पहिलो चरणमा जम्मा २४ खेलाडी छनोट गरिने उसुका मुख्य प्रशिक्षक अम्बर थिङले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?