यस्तो छ विश्वासको मत माग्दै प्रधानमन्त्रीले संसदमा गर्नुभएको सम्बोधनको पूर्णपाठ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पाएकाले आफूले कांग्रेसलाई राष्ट्रपति दिन बाध्य भएको बताउनु भएको छ ।

सोमबार  प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय नएको बताउनु भयो ।

उहाँले दुईदुई पटक सम्मानित सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरूपण भइसकेको त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास बढाएको बताउँदै उहाँले संविधान र लोकतन्त्रको निरन्तरता एवम् संसद्को स्थायित्वमै प्रश्न चिन्ह खडा गरेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?