उपनिर्वाचनमा कुनैपनि दलसँग तालमेल गरेको छैन, भ्रम फैलाइयोः सभापति लामिछाने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचनमा कुनैपनि दलसँग तालमेल नगरेको बताउनुभएको छ।

आज मतदान भइरहेको चितवन- २, तनहुँ-१ र बारा-२ उपनिर्वाचनमा विभिन्न दलका नेताहरूले रास्वपाले आफ्नो पार्टीलाई समर्थन गरेको भन्दै भ्रम फैलाई मत माागेको भन्दै सभापति लामिछानेले उपनिर्वाचनमा कसैसँग तालमेल नभएको बताउनुभएको हो ।

उहाँले आज बिहान सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै विभिन्न पार्टीका नेताहरूले फेक न्युज कारखाना चलाएर रास्वपाका विरुद्धमा गलत सूचना प्रवाह गरिरहेको दाबी गर्नुभएको छ।

उहाँले हारको मानसिकता बोकेका मानिसहरूको पछि नलाग्न मतदातालाई आग्रह समेत गर्नुभएको छ ।

‘रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं,’ सभापति लामिछानेले भन्नुभएको छ, ‘कुनैपनि किसिमका गलत सूचनाको पछि नलागौं।’

साथै, उहाँले आफूहरुविरुद्ध भएको घेराबन्दी र षडयन्त्रको जवाफ जनताले भोटमार्फत दिने पनि बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?