नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नेगरी प्रक्रियाअघि बढाउन प्रधानमन्त्रीको निर्देशन

Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशमा उत्पादित सवारीसाधन दर्ता एवं प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।

नेपालमा उत्पादित यात्रीसहित सवारीसाधन दर्ता गर्न सरकारले नमाने र ट्राफिक प्रहरीले दुःख दिएकाले आन्दोलन गर्नुपर्ने र यस आन्दोलनको नेतृत्व आफूले लिन तयार रहेको महावीर पुनःले सामाजिक सञ्जालमार्फत बताएपछि प्रधानमन्त्री प्रचण्डको सो निर्देशन आएको हो ।

प्रधानमन्त्री प्रचण्डले ‘यात्री’ लगायत नेपालमा उत्पादित सवारीसाधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले यस विषयलाई गम्भीरतापूर्वक लिएको र स्वदेशी उत्पादन सवारीसाधन दर्ता तथा प्रवर्द्धनका लागि तत्काल कानुनी प्रक्रियाअघि बढाउन मुख्यसचिवमार्फत् सम्बन्धित् पक्षलाई निर्देशन दिएको बताउनु भएको हो ।

‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु । सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?