केएल दुगड समूहले ल्यायो ज्ञान मह

Read Time = 2 mins

काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह बजारमा ल्याएको छ । स्थानीयरूपमा उपलब्ध विभिन्न बहुमूल्य वनस्पतिमा चरन गरेका मौरीबाट मह उत्पादन गरिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार स्थानीय किसानद्वारा स्थानीयरूपमै उत्पादित वस्तुको प्रवद्र्घन गर्ने उद्देश्यले महको उत्पादन सुरु गरिएको हो । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञले विभिन्न तरिकाबाट ज्ञान महको स्वाद र गुणस्तर परीक्षणबाट उपभोगका लागि उत्कृष्ट ठहर गरेको कम्पनीको दाबी छ ।

प्राचीनकालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादनमध्ये एक हो मह । मह एक पौष्टिक उत्पादनका रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्नेेलगायत अन्य क्लिनिकलमा पनि प्रयोग हुने गरेको छ । मह भिटामिन र अन्य पोषक तत्वले भरिपूर्ण हुन्छ । २५० ग्राम, पाँच सय ग्राम र एक केजी प्याकमा उपलब्ध मह मुख्य डिपार्टमेन्ट स्टोरका साथसाथै स्थानीय किराना पसलमा पनि पाइने कम्पनीले जनाएको छ । केएल दुगड समूहले ज्ञान चक्की आँटा, ज्ञान मैदालगायतका खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?