फाबर कम्पनीका एरोस्टेशन चिम्नीमा उपहारसहित छुटको घोषणा

Read Time = 2 mins

काठमाडौं । विश्वमै चर्चित किचन चिम्नी निर्माता कम्पनी फाबरले आफ्नो घरका लागि अत्याधुनिक प्रविधिमा निर्मित र उच्च गुणस्तरका किचन एप्लाएन्सेस खरिद गर्न चाहने नेपाली ग्राहकहरुलाई आफ्ना तीनवटा एरोस्टेसन चिम्नीहरुमा ३०% सम्म छुट दिने घोषणा गरेको छ । यसमा  सुरक्षित, स्टाइलिस र फंक्सनल चिम्नीका साथसाथै ग्राहकहरुले १.५ लिटरको (रु २,४५०) मूल्य बराबरको फाबर इलेक्ट्रिक वाटर केटल पनि पाउने कम्पनीले जनाएको छ ।

यो अफर एरोस्टेसन स्पार्कल प्रो थ्रीडी टिसी एबी ९०, एरोस्टेसन स्टार प्रो थ्रीडी टिसी एबी ९० र एरोस्टेसन ग्लासी थ्रीडी पीबी ९० मा उपलब्ध हुनेछ ।

यसैगरी, कम्पनीले माथि उल्लिखित एरोस्टेशन चिम्नी र नेक्सस हब कुकटप हाइब्रिडहरु (नेक्सस ८०३ वा नेक्सस ६०३) को संयुक्त खरिदमा रु ११,००० बराबरको फाबर मिक्सर ग्राइन्डर पनि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

फाबर भान्साको चिम्नी बनाउने विश्वकै अग्रणी इटालियन ब्रान्डको रुपमा चिनिन्छ । अझै पनि गुणस्तर र उत्पादन मात्रामा यसको लोकप्रियता बढ्दो छ । ८ राष्ट्र र ३ महादेशमा पहिले देखि नै रहेको फाबर नेपालमा सबैभन्दा छिटो रुचाइएको घरेलु एप्लाएन्सेस ब्रान्ड मध्ये एक हो ।

नेपालमा फाबरको आधिकारिक आयातकर्ता र वितरक युएचएस होल्डिङ्स प्रा. लि. रहेकाे छ । किचन हुड र चिम्नी बाहेक यस कम्पनीले कुकटप, डिसवासर, ओभन, कुकिङ रेन्ज, हब, साना घरायसी सामाग्री र अन्य लोकप्रिय उत्पादनहरु पनि बजारमा उपलब्ध गराउँदै आएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?