हामीभित्रको जामवन्तलाई जगाऔं

Read Time = 16 mins

हामी सनातन धर्मावलम्बीहरू आफ्नो आराध्यदेवमाथि अगाध श्रद्धा राख्छौं । ब्रहृमा, विष्णु, महेश्वर हाम्रो त्रिदेव हुन् । कोहीका शिवजी, कोहीका विष्णु, कोहीका राम त कोहीका कृष्ण र कोहीका भगवती दुर्गा, काली, लक्ष्मी आदि आराध्य देवदेवी हुन् । बुद्ध, नानक, महावीर किरातेश्वर महादेव आदिका भक्त छौं । घरमा सधैं पूजाआजा गर्ने गर्छौं । भागवत लगाउँछौं, रामायण, महाभारत आदि पुराणहरू पढ्छौं । मन्त्र जप गर्छौं, मन्दिर, तीर्थ आदिमा जाने गर्छौं । यति गरे हामी सोच्छौं, हामीले हाम्रो धर्मको पालना र रक्षा गरिरहेका छौं । हाम्रो धर्म र आफ्ना देवदेवीहरूप्रतिको अगाध श्रद्धा गरिरहँदा हामी हाम्रो धर्म रक्षामा कतै चुकेका त छैनौँ ?

हामी चुनाव आउँदा सनातन धर्मविरोधी नेताहरूले हाम्रा धार्मिक स्थलमा गएर पूजाआजा गरेको देखेर हाम्रा नेताहरू सनातन धर्म परायण छन् भनेर हामी झुक्किन्छौं । अनि तिनीहरूको झोला बोकेर चुनाव प्रचारमा जान्छौं र तिनीहरूलाई जिताएर पुनः हाम्रो धर्म तथा धार्मिक स्थलमाथि आक्रमण गर्ने अधिकार दिने गर्छौं । म्लेच्छहरूको धर्माचरण आफ्नो स्वार्थका लागि गरिएको एउटा नाटक हो, वास्तविकता होइन् ।

हामी धार्मिक कर्मकाण्डहरू त गर्ने गर्छौं तर हाम्रा वेद, पुराण र स्मृतिहरूले देखाएको बाटोमा हिँड्दैनौं । न त हाम्रा धर्मग्रन्थहरूकै अध्ययन गर्छौं तर हामीमध्ये कसैले म्लेच्छ सम्प्रदायमा आफूलाई धर्मान्तरण गर्यौं भने बाइबल र कुरानको अध्ययन मनोयोगले गर्ने गर्छौं । तर, आफू सनातनी हुँदा आफ्नो धर्मग्रन्थहरू छुन पनि छुदैनौं । यदि हामीले स्वयं आफैं हाम्रा धर्मग्रन्थहरू फुर्सद निकालेर अध्ययन गर्ने र आफ्ना बालबालिकाहरूलाई पनि त्यसको अध्ययनको बानी बसाल्दै हाम्रा धर्मग्रन्थहरूले देखाएको बाटोमा हिँड्ने बानी बसाले कुनै मन्दिर वा तीर्थस्थलमा जानै पर्दैन । घर नै मन्दिर र तीर्थस्थल बन्नेछ तर हामी केबल कर्मकाण्डी भयौं, धर्मपरायण भएनौं । हामी सोच्ने गर्छौं हाम्रो धर्मको नाश हुन लागे भगवानले अवतार लिएर हाम्रो धर्मको रक्षा गर्नुहुनेछ । यो हाम्रो भ्रम हो ।

हामीले हाम्रो आराध्यदेवप्रति श्रद्धा राख्नु राम्रो कुरा हो तर श्रद्धा राख्नु नै पर्याप्त होइन् । बरू हामीले उहाँहरूबाट प्रेरणा लिनु जरुरी छ । तबमात्र हामीले हाम्रो धर्म तथा मुलुकलाई बचाउन समर्थ हुनेछौं ।

यदि हामी रामायणलाई हेर्‍यौं भने देख्छौं राम स्वयं विष्णुको अवतार थिए तर मेघनादसँगको युद्ध उनले एक्लै लडे । त्यहाँ ब्रहृमा, विष्णु, महेश्वर त उनलाई साथ दिन आएनन् । रावणसँग लड्दा पनि यस्तै अवस्था थियो । रामलाई साथ त वानर सेनाले मात्र दिएका थिए । अन्ततः जित त धर्मकै भयो । श्रीकृष्ण पनि विष्णुकै अवतार थिए । श्रीकृष्णले चाहेको भए महाभारतको युद्ध १८ दिनमा होइन कि केही क्षणमै समाप्त पार्न सक्थे तर किन पारेनन् ? युद्ध त पाण्डव र उनका सहयोगी सेनाहरूले नै लडेका थिए । भगवान विष्णु आएर त्यहाँ सुदर्शन चक्र त चलाएनन् तर जित धर्मकै हुन्छ । धर्मको जित धर्मको पक्षमा लागेका जनबलकै आधारमै हुँदै आएको छ न कि त्रिदेवको अवतरणले ।

बंगालको सुल्तान समसुद्दिन शाह इलियासले सन् १३४९ को माघ महिनामा काठमाडौं उपत्यकामा आक्रमण गरे । उनले नेपालमा प्रशस्त मात्रामा सुन पाइन्छ भनेर तीर्थयात्रीहरूबाट सुनेका थिए । मन्दिर र गुम्बाहरूमा भएका सुनौला गजुरहरू देखेर नेपाल सुनैसुनले भरिएको मुलुक भनेर प्रचार भएको थियो । समसुद्दिन सुन र धनमाल लुट्न काठमाडौं उपत्यकामाथि आक्रमण गर्छन् । त्यसबेला काठमाडौंमा सत्ताको खिचातानी थियो । यहाँ दुई शक्तिकेन्द्र थिए । कान्तिपुरमा ठकुरी राजा थिए भने भक्तपुरमा सिमरौनगढका राजा हरिसिंहदेवका सन्ततिले शासन गर्दथे ।

भक्तपुरकी रानी देवलदेवीले जयराजा देवलाई राजा बनाउन आफ्ना पिता पशुपति मल्ललाई नै बन्दी बनाएकी थिइन् । त्यसैले देवलदेवीको हैकम दुवै राज्यमा चल्थ्यो । उनले आफ्नी नातिनी रजलदेवीलाई ‘उपराज’ नियुक्त गरेकी थिइन् । देशभित्रको आन्तरिक खिचलोले विदेशी शत्रुलाई नेपालमाथि आक्रमण गर्न सजिलो भयो । अहिलेको स्थितिसँग दाँज्दा तत्कालीन स्थिति मिल्न जान्छ र अहिले राजनीतिक वृत्तमा दुईवटा प्रमुख शक्तिकेन्द्रहरू छन् कांग्रेस र एमाले ।

तर, यी दुवैलाई बिरालोले मुसा खेलाए झैँ माओवादीका पुष्पकमल दाहालले खेलाइरहेका छन् । पुष्पकमल दाहालको प्रवृत्तिले नेपाललाई अस्थिर बनाइरहेको छ । यसका लागि यी दलहरू तथा यिनका नेताहरूमात्र जिम्मेवार नभएर यो सनातन धर्मविरोधी व्यवस्था नै जिम्मेवार छ । नेपाली जनता एकजुट हुनुपर्ने ठाउँमा यिनीहरूलाई नै प्रोत्साहन दिइरहेका छन् । अहिलेको उपचुनावले पनि यही प्रमाणित गरेको छ ।
२१ माघमा समसुद्दिनले सुरु गरेको भयानक आक्रमण केही हप्तासम्मै चल्यो । ऊसँग २० हजारभन्दा बढी फौज भएको इतिहासकारहरूले भनेका छन् । उसले आक्रमण गरेपछि डरले उपत्यकाबासीहरू वनतिर भागे । भक्तपुरलाई पहिलो दिन उसले निशाना बनायो । कतिपय अनुसन्धानकर्ताका अनुसार उसले भक्तपुर दरबार जलायो र राजा जयराज देवको मृत्यु हुन्छ । भोलिपल्ट स्वयम्भुमाथि आक्रमण गर्‍यो । भक्तपुरमा सुल्तानको सेनाले धेरै संख्यामा हताहती गराएको स्वयम्भुमा फेला परेको १४औं शताब्दीको शिलालेखमा उल्लेख छ ।

उसले पशुपतिनाथमा आक्रमण गरी मन्दिर तोडफोड गर्नुका साथै पशुपतिनाथको मूर्ति पनि तोडफोड गर्‍यो । यस अलावा उपत्यकाका धेरै मठ मन्दिरहरूमा तोडफोड गरेर लुट मच्चायो । त्यहाँ न त पशुपतिनाथ र न त बुद्ध वा अन्य देवीदेउताहरू मन्दिर र चैत्यहरू बचाउन आए । अन्त्यमा उपत्यकावासीले नै उसको सेनाको कडा प्रतिकार गरेपछि समसुद्दिन पुच्छर लुकाएर भाग्न विवश भयो ।

ऊ फर्किँदा २० हजारभन्दा बढी सेनामध्ये करिब सात सय सेनामात्र ज्यान जोगाएर भाग्न बाध्य भए । यसबाट यो शिक्षा पाइन्छ कि देश तथा धर्म बचाउन भगवानले अवतार लिँदैनन् । भगवान्का भक्तहरूको माध्यमबाटै देश तथा धर्मका शत्रुहरूको संहार भगवानले गर्नुहुन्छ । अहिले हाम्रो मुलुकमा शत्रुहरूको संहार कुनै भगवान् आएर होइन कि सनातन धर्मका सच्चा भक्तहरू बीचको एकता र साहसले देश र जनतालाई लुटेर विदेशमा लगेर पैसा जम्मा गरेर देशलाई कंगाल बनाउनेहरू र तिनीहरूको संरक्षक र यो व्यवस्थालाई दागबत्ती दिन सकिन्छ । केवल आवश्यकता छ सच्चा धर्मपरायण तथा देशभक्त सनातन धर्मावलम्बी बीचको एकता, वीरता र देशभक्तिको भावनाको ।

हामीले हाम्रो आराध्यदेवप्रति श्रद्धा राख्नु राम्रो कुरा हो तर श्रद्धा राख्नु नै पर्याप्त होइन् । बरु हामी उहाँहरूबाट प्रेरणा लिनु जरुरी छ । तब मात्र हामीले हाम्रो धर्म तथा मुलुकलाई बचाउन समर्थ हुनेछौँ । किनकि प्रकृतिले पनि उसैलाई बचाउन मद्दत गर्छ जो सबैभन्दा बढी सामथ्र्य छ । कोरोना भनौँ वा अन्य कुनै रोग, जुन मानिसमा बढी इम्युनिटी पावर छ उही नै बाँचेको छ । कमजोर इम्युनिटी पावर भएकाहरू मृत्युलोक प्राप्ति गरे । कोरोना काललाई सम्झे पुग्छ । बच्चा जन्माउन पनि जो सबैभन्दा सामथ्र्य र बलियो शुक्राणु छ उसले नै अण्डाणुलाई सिञ्चित गर्छ । यो प्रकृतिको नियम नै हो ।

यहाँ कुनै-कुनै नेताहरूले भन्ने गर्छन् सर्वधर्म समभाव । यो सरासर झुठो हो । यो भनेर सनातन धर्मावलम्बीहरूलाई भ्रमित पारिरहेका छन् तिनीहरूले । सनातन धर्ममात्र विश्वको एकमात्र यस्तो धर्म हो जो संसारका सबै प्राणीहरूलाई एउटै दृष्टिले हेर्छ, बाँकी धर्मले हेर्दैनन् । बाइबलले गैरख्रिष्टानहरूलाई सैतान भन्छ र कुरानले गैरइस्लामहरूलाई काफिर । दुवै धर्मले गैरख्रिष्टान र गैरइस्लामलाई हत्या गर्न भन्छ तर सनातन धर्मले यो कदापि भनेको छैन ।

नेपाली सनातनी जनताको अवस्था आफ्नो शक्ति विस्मृतिमा गएको हनुुमान जस्तै भएको छ । संसारमा वीर योद्धा र इमानदार धर्मपरायण मानिसको रूपमा परिचित नेपाली जनता आज आफ्नो धर्म, देश र जनताप्रतिको कर्तव्य बिर्सेर म्लेच्छहरूको पछिपछि लागेका छन् सम्मोहित हुँदै ।

हामी सनातन धर्मावलम्बीहरू निरिह छैनौं, कमजोर छैनौं । हामीले हाम्रो शक्तिमात्र चिन्न सकेका छैनौं जसरी हनुमानले आफूमा भएको शक्ति बिर्सेका थिए, हामी सनातनीहरूले पनि आफूभित्र रहेको शक्तिलाई बिर्सेका छौं । जसरी जामवन्तले हनुमानलाई उनको शक्ति याद दिलाएपछि उनी लंका प्रवेश गरेर लंकालाई जलाउन सफल भएका थिए । त्यसरी नै हामीलाई हाम्रो शक्ति याद दिलाएर म्लेच्छहरूको यो व्यवस्थालाई समाप्त पार्न हाम्रो शक्तिको याद दिलाउने हामीभित्रको जामवन्तलाई जगाउनु छ ।

लंकाबाट सीतालाई फिर्ता ल्याउन समुद्र तरेर लंका जानका लागि भगवान राम हनुमानलाई आज्ञा दिन्छन् । तर, हनुमानले आफू समुद्र तरेर लंका जान असमर्थ भएको बताउँछन् । तब जामवन्तले हनुमानको गुणहरूको बखान गर्दै उनीभित्र रहेको अपार शक्तिको सम्झना दिलाउँछन् अनिमात्र हनुमानलाई आफ्नो शक्तिको ज्ञान हुन्छ र उनी विराट रूप धरी लंका जान्छन् र राम र उनका सेनालाई लंका जान सेतु बनाउँछन् ।
हनुमानलाई कैयौं देवताहरूबाट विभिन्न प्रकारको वरदान अस्त्रशस्त्र प्राप्त भएको थियो । आफूले प्राप्त गरेका वरदान र अस्त्रशस्त्रका कारण बालापनमा हनुमानले धेरै उपद्रो गर्न थाले । ऋषिहरूको बगैंचामा गएर फलफूल टिपेर खाने, बगैंचा उजाडिदिने, तपस्यारत मुनिहरूलाई सताउने आदि र उनको बदमासी बढ्दै गएपछि मुनिहरू उनका पिता केशरीलाई उजुरी गर्छन् । मातापिताले हनुमानलाई धेरै सम्झाए तर उनको बदमासी गएन ।

एकदिन अंगिरा र भृगु वंशका ऋषिहरूले उनलाई आफ्नो शक्ति र बल बिर्सने र यदि उचित समयमा कसैले उनलाई उनको शक्ति तथा बलको सम्झना गराइदिए शक्ति र बल फर्केर आउने श्राप दिए र तर जब भगवान श्रीरामको काम गर्ने अवस्था आयो तब जामवन्तले हनुमानजीलाई उनको महिमा गायन गर्दै उनको शक्ति र बलको सम्झना गराइदिएपछि उनमा आफूमा भएको शक्ति र बल फिर्ता आउँछ र उनी विशाल रूप धारण गरी लंका जान्छन् । सीताको सन्धान गरेपछि लंका दहन गरेर फर्किन्छन् ।

नेपाली सनातनी जनताको अवस्था पनि आफ्नो शक्ति र बल विस्मृतिमा गएको हनुुमान जस्तै भएको छ अहिले । संसारमा वीर योद्धा र इमानदार धर्मपरायण मानिसको रूपमा परिचित नेपाली जनता आज आफ्नो धर्म, देश र जनताप्रतिको कर्तव्य बिर्सेर म्लेच्छहरूको पछिपछि लागेका छन् सम्मोहित हुँदै । जनतालाई जगाउन उनीहरूभित्रको जामवंन्तलाई जगाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?