कर्णालीका मुख्यमन्त्री शर्माले आउँदो शुक्रबार तेस्रो पटक विश्वासको मत लिने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिने हुनुभएको छ ।

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आगामी शुक्रबार तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री शर्माले त्यसका लागि गत आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनका लागि पत्र दर्ता गराउनुभएको छ ।

प्रदेश सभाका सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन पत्र दर्ता गराउनुभएको हो ।

शर्माले यसअघि दुईपटक विश्वासको मत लिइसक्नुभएको छ । ६ माघमा एमालेको समर्थनमा पहिलोपटक विश्वासको मत लिनुभएका शर्माले १७ चैतमा राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रोपटक संसदसमक्ष विश्वासको मत लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?