तिलोत्तमाको योगिकुटीदेखि कोटिहवासम्मको मुख्य सडकमा फ्रि वाईफाई सेवा शुभारम्भ

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालन भएको छ । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत् डिजिटल सेवा प्रवाह कार्यक्रमअन्तर्गत फ्रि वाईफाई सञ्चालन भएको हो ।

फ्रि वाईफाइको सोमबार विहान नगरप्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गर्नु भयोे । योगीकुटी देखी कोटीहवासम्मको १३ किलोमिटर हाइवे क्षेत्रमा फ्रि वाइफाइ सुरु गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले तिलोत्तमा नगरपालिकाको कटैया सम्मकाे ६ लेनको सूचना राजमार्ग शुभारम्भ गरेको बताउनु भयो । तिलोत्तमा नगरपालिका प्रविधिमैत्री भएकाले यसले जनताले प्रविधि प्रतिको विश्वास बढाउनुका साथै जनतालाई प्रविधिमैत्री बनाउन पनि यो कार्यको शुभारम्भ गरेको बताउनु भयो । यसले आन्तरिक एवं बाह्य पर्यटकलाई सहजहुने अपेक्षा नगरपालिकाले लिएको उहाँको भनाई छ । उहाँले यसबाट आम्दानीको स्रोत समेत बढाउने र विज्ञापन बाट नगरपालिकाले आम्दानीगर्ने बताउनु भयो।

उपप्रमुख जागेश्वरीदेवी चौधरीले यो वाईफाइलाई सकारात्मक कार्यमा प्रयोग गर्न सवैलाई आग्रह गर्नु भयो ।

नगरपालिकाका सूचना प्रविधि उपशाखा प्रमुख सुदिप ढकालकाअनुसार एउटा डिभाईस वाईफाइमा कनेक्ट गरेपछि अन्य कुनै पनि राउटरबाट कनेक्ट गर्नु पर्ने छैन । हाईवे क्षेत्रमा कुल ३८ वटा राउटर जडान गरिएको छ । एउटा राउटरबाट हाल १सय वटा डिभाईस कनेक्ट हुने बताइएको छ । यसबाट टिकटक भने चल्ने छैन् ।

‘सकारात्मक र सूचनाकालागि यो फ्रि वाईफाई जडान गरिएको हो । त्यसैले यसबाट टिकटक भने चल्दैन’उहाँले भन्नुभयो । उहाँले यो कार्यक्रम सम्पन्नगर्दा ८५ लाख खर्च लागेको बताउनु भयो । प्रदेश सरकारको सहकार्यमा २ करोड १५ लाखको परियोजनाअन्तर्गत सूचना राजमार्गमा कुल ८५ लाख खर्च लागेको उहाँले बताउनु भयो ।

बाँकी कार्य पनि यहिँ आर्थिक बर्षमा गरिने उहाँको भनाई छ । नेपाल टेलिकम, सुबिसु, वर्डलिंकबाट आएको आईएसपिको माध्यमबाट आएको ईन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको उहाँकोभनाई छ । इन्टरनेटको लागि पोल पोलमा राउटर राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?