पल शाह मुद्दाको सुनुवाइ आज जिल्ला अदालत तनहुँमा हुँदै

Read Time = 3 mins

तनहुँ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुने भएको छ । भदौ १५ गते सुनुवाइ हुने भनिए पनि असोज २ का लागि पेशी सरेकाले आज सुनुवाइ हुन लागेको हो ।

आज सुनुवाइको मिति तोकिएको अभिनेता शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिनुभयो । अदालतबाट अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने वाग्लेले बताउनुभयो ।

नवलपुर जिल्ला अदालतले भदौ २१ गते बलात्कारको मुद्दामा भने शाहलाई सफाइ दिएको थियो भने यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाएँ, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो ।

गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा पुगेका थिए । शाहका विरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनी अर्को जाहेरी परेको थियो । उक्त अभियोगमा तनहुँ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गराएपछि शाहको निवेदन अदालतले अस्वीकृत गरेको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलात्कार हैन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ । शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने आज फैसला आउन सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?