बाघको आक्रमणमा परी बालक गम्भिर घाइते

फाईल तस्बिर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । बाघको आक्रमणमा परी बर्दियामा एक बालक गम्भिर घाइते भएका छन् ।

जिल्लाको बारबर्दिया नगरपालिका-३ खुरेखरे वस्तीका प्रेमबहादुर विक र वसन्ती विकका ३ वर्षिय छोरा सायक विक बाघको आक्रमणमा परी गम्भिर घाइते भएका हुन् ।

बालक छिमेकीको घर बाट आफ्नो घर तर्फ आउदै गर्दा बेलुकी ६ वजेतिर एक्कासी बाघले आक्रमण गरी गम्भिर घाइते बनाएको साे गाँउका बडघर रत्न नेपालीले बताउनुभयो ।

बालकको अहिले कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार चलिरहेको वडाध्यक्ष नन्दलाल थारुले बताउनु भयो । उहाँकाअनुसार बालकका वुवा रोजगारीको सिलशिलामा भारतमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?