बारामा सत्ता गठबन्धनका उपेन्द्रलाई पछि पार्दै जनमतका शिवचन्द्रलाई अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

बारा । उपेन्द्र यादवलाई पछि पार्दै बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिनुभएको छ ।

यसअघिसम्मको मतगणनामा अघि रहेका यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिनुभएको हो । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाउनु भएको छ भने यादवले ५७१ मत पाउनु भएको छ ।

यसैगरी नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत पाउँदा आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?