संविधानले परिकपना गरेअनुसार गैरआवासीय नेपालीले नागरिकता पाउँछन् : परराष्ट्रमन्त्री

फाईल तस्बिर

Read Time = 4 mins

धनगढी । संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली सम्बन्धी नागरिकताको विषयमा नेपालका प्रमुख दलका नेताहरूले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली संघको १५औं युरोप क्षेत्रीय सम्मेलनलाई आइतवार सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका संसदहरूले गैरआवासीय नेपालीहरूका मुद्दामा एक मत जाहेर गरेका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताउनु भये । चेक रिपब्लिकमा जारी १५औं यूरोपेली क्षेत्रीय सम्मेलनको समापन सत्रमा आइतबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी  स्पष्ट व्यवस्था रहेकोले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले भन्नुभयो, 'गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी मुद्दा १५–१६ वर्षदेखि बहसको विषय बनिरहेको छ अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता म सरकारको तर्फबाट गर्दछु ।'

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता लगायतका विषय नेपाली कांग्रेस सकरात्मक रहेको बताउनु भयो । उहाँले गैरआवासीय नेपालीहरुको नागरिकता, सम्पती अधिकार, मताधिकारका विषयमा बिभिन्न कानूनहरुमा संशोधन गर्नु पर्नेमा जोड दिनुभयो। लेखकले आगामी दशैँ तिहारभित्रै गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिने प्रतिबद्धता जनाउनु भयो

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान निमार्णमा गैरआवासीय नेपालीको समेत भूमिका भएको चर्चा गर्नुभयो ।

उहाँले समयअनुकूल आवश्यकता अनुसार संविधानलाई संसोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताउनु भयो। उहाँले गैरआवासीय नेपाली संघलाई सबै नेपालीहरुको साझा संस्थाको रूपमा विकास गर्न सबै दलीय शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको भन्दै चर्चा गर्नुभयो । उहाँले  नेपालका राजनीतिक दलहरुलाई थप जिम्मेवारी दिनसमेत  गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?