प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २७ स्वर्णसहित कैलाली प्रथम

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीले प्रथम स्थान हासिल गरेको छ । सुदूरपश्चिम खेलकुद परीसदले प्रदेशका बिभिन्न जिल्लामा गरेको प्रतियोगितामा सबै भन्दा बढी पदक जित्दै पहिलो भएको हो । कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कन्चनपुर दोस्रो भएको छ । कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पार्दै दोस्रो भएको हो । यस्तै डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक हात पारेको छ ।

बाजुराले ३ स्वर्ण, २ रजत, ६ कास्य गरी ११ पदक हात पार्दै चौथो स्थान हासिल गरेको छ भने २ स्वर्ण, ४ रजत, ७ कास्य गरी १३ पदक हात पार्दै दार्चुलाले पाँचौ स्थान हासिल गरेको छ ।

यस्तैगरी बैतडीले १ स्वर्ण, ४ रजत, ४ कास्य गरी ९ पदक हात जित्दै छैटौ स्थान हाँसिल गरेको छ । अछामले १ स्वर्ण, ८ कास्य गरी ९ पदक हात पार्दै सातौँ स्थान हासिल गरेको छ ।

उता बझाङले ३ रजत, ५ कास्य गरी ८ पदक जित्दै आठौँ स्थानमा रहेको छ भने डोटीले ७ कास्य पदक जित्दै नबौँ स्थान हासिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?