काठमाडौंबाट उडेको फ्लाइ दुबई विमानको इञ्जिनमा समस्या, फोर्स ल्याण्डिङको तयारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिनमा समस्या आएपछि अवतरणको तयारी थालिएको छ ।

उडेको केहिवेरमै इञ्जिनमा समस्या देखिएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

१६२ जना यात्रु बोकेको फ्लाई दुबईको जहाजको इञ्जिनमा समस्या आएको हो।

त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङको तयारी भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।

उक्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?