रवि लामिछानेको जित सुनिश्चित

२८ हजार मत गन्न बाँकी रहँदा कांग्रेसका श्रेष्ठसँग २९ हजारको मतान्तरले अगाडी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ ।

मंगलबार बिहानसम्म ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७ हजार ४५८ छ । उहाँहरूबीचको मतान्तर ३२ हजार ६११ हजार छ । यता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाउनुभएको छ ।

चितवन–२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । अब गन्न बाँकी मत २८ हजारमात्र छ ।

जबकि लामिछानेले प्रतिस्पर्धीसँग २९ हजारको मतान्तर बनाइसक्नुभएको छ । गत मंसिरको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका रवि नागरिकता विवादमा सर्वोच्चको फैसलाबाट पदमुक्त हुनुभएको थियो ।

रविको जित सुनिश्चित भएसँगै समर्थकहरूले विजयी जुलुसको तयारी शुरु गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?