जुम्ला-रारा अल्ट्रा म्याराथन : ४९ किलोमिटरतर्फ जुम्लाका दल कुँवर प्रथम

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । कर्णालीको पर्यटन प्रवर्द्धनका लागि चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवर प्रथम हुनुभएको छ । जुम्ला सदरमुकाम खलंगाबाट शुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड प्रतियोगिता कुँवरले चार घण्टा ५४ मिनेट १० सेकेण्डमा पुरा गरी प्रथम भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय, ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेरबहादुर बुुढा तृतीय स्थान आउन सफल भएको कर्णाली स्पोर्टस् क्लब सचिव मधुुराज न्यौपानेले बताउनुभयो ।

सो प्रतियोगितामा ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा सो दुरी पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा सो दुरी पार गरेर सोवबहादुर रावतले पाचौ स्थान प्राप्त गरेको कर्णाली स्पोर्टस् क्लबले जनाएको छ ।

महिला तर्फ मञ्जुु प्रथम :

महिलातर्फ ६ घण्टा ६ मिनेट २३ सेकेण्डमा जुुम्लाकै मञ्जु रावत प्रथम, ६ घण्टा ५४ मिनेट २७ सेकेण्डभित्र पार गरी गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६ सेकेण्डमा पार गरी अनिता बुढा तृतीय हुनुभएको छ ।

७ घण्टा ५५ मिनेट ३९ सेकेन्डममा सो दुरी पार गदै उमाकली बुढा चौथौ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गदै कुुसाबुुढा रोकायाले पाचौ स्थान प्राप्त गनुृभयो ।

प्रतियोगिताको उपाधि जित्ने पुुरुष, महिला सबै जुम्लाका हुन् । जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० खेलमा जुुम्लााबाट रारा हुटुुसम्मको ४९ किलोमिटरमा भाग लिएका ७० जना मध्ये ५१ जना मात्रै रारा पुगेको कर्णाली स्पोर्टस् क्लब जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु १ लाख , ७५ हजार ५० र चौथौ र पाँचौ हुने खेलाडी २०र२० हजार नगद सहित प्रमाणपत्र प्रदान गरेको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।

म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरुले समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाईमा दौडेका थिए । उत्त प्रतियोगिताले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा टेवा पुुग्ने उदेश्यले हरेक बर्ष लोकतन्त्र दिवसको अवसरमा पारेर जुम्ला-रारा अल्ट्रा म्याराथुन गदै आएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष शाहीको भनाइ छ।

जुम्ला-रारा अल्ट्रा म्याराथुनमा नेपालका १९ जिल्लाका खेलाडीसहित विदेशीतर्फ अमेरिकाका दुई, भारतका एक, आयरल्यान्डका एक र बेलायतका एकजना खेलाडी सहभागी भएको कर्णाली स्पोर्टस् क्लब जुुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?