अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाका सांसद सुर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो गाउँपालिकामा आगलागिबाट १२ घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुँडा र चौपाय जलेर नष्ट हुँदा करिव २५ लाख भन्दा बढिको क्षति भएको उल्लेख गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

सांसद ढकालले भन्नु भयो, ‘यही बैशाख ८ गते बाँके क्षेत्र नम्बर १ नरैनापुर गाउँपालिकामा १२ वटा घर, गोठ, अन्न, लत्ताकपडा, भाडाकुडा र पशुचौपाय जलेर पूर्ण रुपमा नष्ट भएको छ । २५ लाख भन्दा बढिको क्षति भएको छ । छिटो भन्दा छिटो यी अग्नी पीडितहरुलाई राहत उपलब्ध गराउन सभामुखमार्फत नेपाल सरकारसँग माग गर्दछु ।’

गत बैशाख ८ गते सो गाउँपालिकामा आगलागि भएको थियो । अहिलेसम्म पनि राहत नपाएपछि पीडितहरु खुला आकाशमा बस्न बाध्य भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?