सरकार म कुन पालिकाको नागरिक हुँ?

Sujan Gaihre
Read Time = 10 mins

मलाई चिन्नुहुन्छ म कुन नगरपालिकाको नागरिक हुँ?

अब प्रश्न गर्ने बेला भएन र? म को हुँ? म कहाँ कुन पालिकाको नागरिक हुँ?

मेरो घरबाट नगरपालिकाको पिंक कलरको अफिस देखिन्छ निकै सुन्दर नगरपालिका मानिन्छ। नगरपालिका कार्यालय भन्दा ६/७ कि. मि आसपासमा मेरो घर छ । तर म नगरपालिका कार्यालय पुग्न ३/४ कि. मि कच्ची बाटो नै हिड्नु पर्छ। मेयर/ उपमेयर देसकै उत्कृष्ट हुनुहुन्छ। नगरपालिकालाई देसमा चिनाउन नपाले धेरै फरकफरक गतिविधि नि गरेकै छ तर मैले गर्व गर्न सकिरहेकै छैन म यो नगरपालिकाको नागरिक हुँ भनेर। हामी नगर बासी हौँ कि हामीलाई नगर बासी बनाईयो। प्रसासनमा सुशासनमा अब्बल ठानिएको मेरो पालिका शिक्षा स्वास्थ्य  र पुर्वाधार विकासमा कत्तिको अब्बल छौ? आफुलाई कत्तिको प्रश्न गर्नुहुन्छ ? म कहाँको नागरिक हुं? म उक्त पालिकाको शिक्षण पेशामा छु, निरीक्षक, प्रशिक्षण र तालिमको अवस्था हाल केही सुधार भएपनी अब्बल देखिएको छैन। मेरो पालिकाको सबैभन्दा मन पर्ने कुरा प्राकृतिक भुगर्भ र सरसफाइ हो । म उक्त  पालिकाको सचेत नागरिक बन्ने प्रयासम छु तपाई कति हुनुभएको छ?

पालिक विकासको प्रमुख आयम पुर्वाधार विकास नै हो पालिका डिजिटलाइजेसनमा  अगाडी छ कति राम्रो कुरा तर म नगरपालिका कार्यालय  सम्म पुग्नको लागि मलाई पुग्न राम्रो यातायातको ब्यवस्थापन हुन सकेको छैन। नगरपालिकाको कार्यब्यवस्थामा सहजता ल्याउन विभिन्न एप्को विकास जरुरी ठान्दै स्मार्ट वालिङ एप ल्याएको कुराले म खुसी हुँदै एप खोलेर अपडेट भए तर कुनै भित्र डकुमेन्ट अपडेट देखिन  लाग्यो देखावटी रैछ। नगरपालिकाको डिजिटल साक्षरता अवस्था के छ कसैलाई पत्तो छ ?

खानेपानीको अवस्था गर्ने हो भने अजै हामी खानेपानी लिन बर्खा भरी ३ किमि टाढा पुग्नु पर्छ अनि घरमा आएर छाती फुलाएर भन्नू पर्छ म स्मार्ट पालिकाको स्मार्ट नागरिक हुँ।

स्थानीय प्रविधि र सीपको विकास:

बिद्यालयस्तरबाटै स्थानिय सीप, क्षमता र संभावना प्रबर्द्धन गर्नु पालिकाको निकै चुनौती देखिन्छ। स्थानिय प्रतिनिधित्वको निष्क्रियताले पनि यस्तो प्रबर्द्धन गर्नुमा आफैमा प्रेरणा नभएको अनुभव छ। भने स्थानीय कृषि बाली उत्पादन प्रोत्साहित गर्न पालिकाले गरेको मेला प्रदर्सन र पुरस्कार निकै सकारात्मक छ।

पालिकामा नागरिकको भुमिका :

कुनै पनि उपलब्धि प्राप्त गर्न प्रत्येक आफू आफुको भुमिका महत्त्वपूर्ण हुन्छ हामी प्राय आफुले केही नगर्ने, अनुशासन नबन्ने आफ्नो पहलमा केही कार्य नगर्ने अरुले गरेको उपलब्धिको जस लिन खोज्ने हामी नागरिकको बानी बनेको छ। अब बिस्तारै प्रत्येक नागरिकले सचेत र साक्षर भएर पालिका विकासमा सहयोग गर्नुपर्छ।

पालिका र मेरो न्युनतम  स्वास्थ्य  ब्यवस्थापन:

संविधानमै भनिएको छ!

स्वास्थ्य सम्बन्धी हक संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्र्तगत धारा ३५ मा उल्लेख गरिएको छ । जसमा उपधारा (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । उपधारा (२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । (३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । उपधारा (४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।

यस अनुसारको स्वास्थ्य ब्यवस्थापन मेरो पालिकाले के कति सुविधा दिन सको सकेन आत्म समिक्षा गर्ने बेला भएन र?

पालिका पर्यटन सम्भावना र विकास:

पालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार मार्फत पालिका अर्थतन्त्रको महत्वपूर्ण आधारको रूपमापर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने गरि पालिकाले नीति र थिती बसाल्न कति अब्बल छ?

अब हामीले आफैंले आफैलाई प्रस्न गर्ने बेला भएन र? पालिका सरकार के विकास सहर मुखी र सडक मुखी मात्रै हो त?

नेपालको संविधानको नीति व्यवस्था अन्तर्गत :

"नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिः"

(१) शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने,

(२) शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने,

(३) उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँच योग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने,

(४) नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने,

(५) नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने,द्दड

(६) गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहँुच सुनिश्चित गर्र्ने,

(७) नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने,

(८) स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने,

(९) स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य  अनुसन्धानमा जोड दिंदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने,

(१०) नेपालको क्षमता र आवश्यकताका आधारमा जनसंख्या व्यवस्थापनका लागि परिवार नियोजनलाई प्रोत्साहित गर्दै मातृ शिशु मृत्युदर घटाई औसत आयु बढाउने,

(११) अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने तथा योजनाबद्ध र व्यवस्थित बस्ती विकास गर्ने,

(१२) कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको

मान्यता अनुरूप हामी अब्बल हुन सके मेरो पालिकाको इज्जत र सान सदा उच्च र महान हुनेछ।

🖌️सुजन गैह्रे ....पालिका

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?