डा. सन्देश लम्सालको सामाजिक संजालमा ठूलो सफलता

Read Time = 5 mins

२०५१ साल भदौमा जन्मेका डा. सन्देश लम्साल हाल चर्चाको शिखरमा छन् । राप्ती प्रादेशिक अस्पतालमा कार्यरत उनि विभिन्न कारणले सधै चर्चाको विषय बन्ने गरेका छन् । रुसमा सन् २०१७ मा भएको फिफा कन्फेडेरेशन कप र सन् २०१८ मा भएको फिफा विश्व कपमा स्वयम्सेवकका रुपमा होस या राप्ती प्रादेशिक अस्पतालमा डाक्टरका रुपमा उनले गरेको सेवाको सबैले मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । पछिल्लो समयमा उनको यो चर्चा चाहि सामाजिक संजाल इन्सटाग्रामका कारणले बढेको हो ।

उनि इन्सटाग्राममा १० लाख (१ मिलियन) फलोअर्स पार गर्ने नेपालकै पहिलो डाक्टर र सोशल मिडियाका प्रभावशालि व्यतित्व बन्न सफल भएका छन् । यसका साथै उनको आघिकारीक इन्सटाग्राम प्रोफाईल पनि लगभग १ साता अगाडि भेरिफाईड भएको छ । उनका टिकटक, लाइकि, मोज, जोश, फेसबुक जस्ता विभिन्न सामाजिक संजालहरुमा पनि लाखौ फलोअर्स हुनका साथै भेरिफाईड छन् । उनले गुगल, डिजेल जस्ता विश्व प्रख्यात ब्राण्डहरु संग सहकार्य समेत गरेका छन् ।

विभिन्न सामाजिक संजालहरुमा फोटो भिडियोहरु अपलोड गर्नुका साथै उनि आफ्नो फुर्सदको समयमा विभिन्न पत्रपत्रिका हरुमा स्वास्थय सम्बन्धि ज्ञानवर्धक लेखहरु पनि लेख्ने गर्छन् । सामान्य भाषामा लेखिएका उनका लेखहरु जनमानसमा निकै रुचाइन्छन् । यसका साथै खेलकुदमा एकदमै रुचि राख्ने डा. लम्सालले विश्व तेक्वान्दो संगठनबाट सन् २०१४ मा प्रथम डन ब्ल्याक बेल्ट र सन् २०१८ मा दोस्रो डन ब्ल्याक बेल्ट समेत प्राप्त गरेका छन् ।

डा. लम्सालले भेदभाव, अन्धविश्वास, असमानता, अन्याय, कुरिति जस्ता समाजमा अवस्थित विभिन्न समस्याहरूका खिलाफ आफ्नो अद्वितीय आवाज उठाई रहेका हुन्छन्। हालै मात्र एक अन्तर्राष्ट्रिय दन्त मञ्जन कम्पनी कोलगेटको कोलगेट मैक्सफ्रेस जेल मञ्जन विज्ञापनमा डाक्टरलाई गैर जिम्मेवार र अल्छीको रुपमा प्रस्तुत गरिएको देख्दा उनले त्यसलाई नकारर्दै सो भिडियो हटाइ माफीको माग समेत गरेर विभिन्न सामाजिक संजाल तथा अनलाइन मिडियाहरूमा आफ्नो विचार प्रस्तुत गरेका थिए।

डा. लम्सालले समय समयमा डाक्टरहरूमाथि भइरहने दुर्व्यवहार तथा हातपातको निन्दा गर्दै, स्वास्थ्य जस्तो महत्त्वपूर्ण पेशामा सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन्। उनले पेशागत सम्मान तथा सुरक्षाको माग राख्दै विभिन्न र्यालीहरूमा समेत अफ्नो सहभागिता देखाउने गरेका छन्।

सन् २०१४ मा रुस सरकारको छात्रवृति प्राप्त गरेर रुसको सेन्ट पिटरर्सवर्ग राज्यमा अध्ययनका लागि गएका उनी त्यहा एम. डि. अध्ययनका साथै नेपालको प्रतिनिधिका रुपमा नेपाली भाषा, भेषभूषा, संस्कृति र पर्यटनको प्रचार प्रसार र प्रर्वधन समेत गरे । उनको यस कार्यलाई विभिन्न राजनितिक व्यतित्व देखि नेपालका प्रधानमंत्री पुष्प कमल दाहाल (प्रचण्ड) सम्मले प्रशंसा गरेका छन् ।

विदेशमा आर्जन गरेका ज्ञान र सिप नेपालमा प्रयोग गरि नेपालको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन लागिपरेका डा. लम्साल नेपालमा बसेर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सेवा गर्ने सोच भएको बताउछन् । उनि विगत १ वर्ष देखि राप्ती प्रादेशिक अस्पतालको हाडजोर्नी तथा नसा संम्वन्धि विभागमा कार्यरत छन् । दिनभर ओ.पि.डिमा बिरामीहरुको सेवागर्ने देखि फुर्सदको समयमा इमरजेन्सी विभागमा भेटिने डा. लम्सालले छोटो समयमा नेपाली समाजमा निकै राम्रो छाप छाड्न सफल भएका छन् । उनि निकट भविष्यमा सामाजिक संस्था खोलेर असहाय र अशक्तहरुको सेवा गर्ने रुची समेत रहेको वताउछन् ।

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?