अभिनेता लान्स रेडिकको निधन

Read Time = 2 mins

लस एन्जलस । हलिउड अभिनेता लान्स रेडिकको निधन भएको छ । रेडिकको ६० वर्षको उमेरमा निधन भएको हो । सुरुवाती केही वर्षमा एपिसोडिक प्रस्तुति दिएपछि रेडिकले सन् २००० मा जेल ड्रामा शृंखला ‘ओजमा’ आफ्नो पहिलो मुख्य भूमिका पाउनुभयो जहाँ उहाँले एक गुप्त अफिसर भूमिका निभाउनुभएको थियो ।

त्यसपछि उहाँ सन् २००२ मा क्राइम ड्रामा सिरिज ‘द वायर’ मा पुलिस लेफ्टिनेन्टको भूमिका निभाउनुभएको थियो । रेडिकले सन् २००८ देखि सन् २०१३ सम्म विज्ञान कथा शृंखला ‘फ्रिन्ज’ मा पनि अभिनय गर्नुभएको थियो । उहाँले सन् २०१४ देखि सन् २०२१ सम्मको प्रहरी शृंखला ‘बोस’ मा डेपुटी चिफ अफिसरको भूमिकामा निभाउनुभएको थियो । जुन उहाँको करियरको उत्कृष्ट भूमिकामध्ये एक थियो ।

सन् २०१४ मा उहाँले एक्शन-थ्रिलर जोन विकमा अभिनय गर्नुभएको थियो । रेडिक नेटफ्लिक्सको ‘रेसिडेन्ट इभिल’ र अमेजनको ‘द लिजेण्ड अफ भोक्स मेशिना’को पनि एक हिस्सा हुनुहुन्थ्यो । यसबाहेक, उहाँले भ्वाइसओभर कलाकारको रूपमा काम गर्नुभएको थियो । रेडिकले स्टेफनी रेडिकसँग सन् २०११ मा विवाह गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?