सामसुङ ग्यालेक्सी ए ०४ नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । सामसुङले युवा पुस्तालाई लक्षित गर्दै ग्यालेक्सी ए ०४ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले थप किफायती दायराको स्मार्टफोन ल्याएको हो । ग्यालेक्सी ए ०४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजका लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुका साथै अपग्रेड पनि ल्याएको छ ।

कम्पनीका नेपालका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘हामीले सामसुङमा सधैँ हाम्रा ग्राहकलाई विश्वासको भावना दिनसक्ने विश्वसनीय उत्पादन लिएर आएका छौँ । यही ब्राण्ड पे डिग्रीसाथ हामीले नयाँ एन्ट्री-लेभल स्मार्टफोन ग्यालेक्सी ए ०४ लन्च गरेका छौँ, जसले तपाईका सबै पलहरूलाई यसको उत्कृष्ट ५० एमपी क्यामेराबाट क्याप्चर गर्छ ।’

ग्यालेक्सी ए ०४ मा ५० एमपी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ । पाँच हजार एमएएच इन–बक्स ब्याट्री भएको १५ वाट फास्ट चार्जर, ६.५ इन्चको फुल–स्क्रिन र डल्बी एटमसको आवाजका साथै चार जिबी प्लस ६४ जिबी भेरियन्टको मूल्य १६ हजार नौ सय ९९ र तीन जिबी प्लस ३२ जिबीको १४ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?