चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ : रवि लामिछाने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारी मतले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन-२ ले दिएको बताउनुभएको छ ।

फराकिलो मतअन्तरले विजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत उहाँले बताउनुभएको छ ।

‘चितवन-२ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु,’ मतदातालाई धन्यवाद दिदै लामिछानेले भनेका छन, ‘चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन-२ का मतदाताले दिनुभएको छ ।’

उप निर्वाचनवाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उहाँको भनाइ छ ।

व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलका उम्मेदवार र तिनका कार्यकर्ता समक्ष लामिछानेले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?