मुसहर समुदायबाट एसईई उत्तीर्ण हिमाल सदालाई कटारी नगरपालिकाले निशुल्क पढाउने

हिमालय टाइम्स
Read Time = 1 min

-सराेज निराैला

उदयपुर । कटारी नगरपालिका भित्रका सदा मुसहर समुदायबाट यस वर्षको एसईईमा उत्तीर्ण हुन सफल एकमात्र विद्यार्थी हिमाल सदा मुसहरलाई कटारी नगरपालिकाले निशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

कटारी ५ का हिमालले भोर्ले माविबाट सि प्लस ल्याएर एसईई उत्तीर्ण गर्नुभएकाे हाे ।

हिमाललाई कटारी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा उपमेयर गिता खड्काले वधाईका साथै त्रिवेणी माविमा निशुल्क कक्षा ११ मा अध्ययन गर्ने छात्रवृत्ती प्रदान गर्र्नुभएएकाे हाे ।

सवै पढाई निशुल्क साथै आवश्यक पोशाकहरु समेत सहयोग गर्ने प्रतिवद्धता मेयर श्रेष्ठले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?