![‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Bises-adalat-ra-akhtiyar.jpg)
काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौँ प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन तीन स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा कायमै रहन सफल हुनुभएको छ । रोयल नेपाल गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन युवा गल्फर सद्भावले ४-अण्डर ६४ को उम्दा प्रदर्शन गर्दा समग्रमा ७-अण्डर १९७ सहित पूर्व नम्बर एक गल्फर रवि खड्कालाई तीन स्ट्रोकले पछि पार्नुभयो । रविले ३-अण्डर ६५ स्कोर दर्ज गर्नुभयो । उहाँ समग्रमा ४-अण्डर २०० सहित दोस्रो स्थानमा उक्लिनुभयो ।
भुवन नगरकोटीले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा ५-अण्डर ६३ स्कोर गर्नुभयो । समग्रमा ३-अण्डर २०१ सहित तेस्रो स्थानमा उक्लिनुभयो । धनबहादुर थापाले इभन-पार ६८ मा खेल सक्दा समग्रमा २-अण्डर २०२ सहित चौथो स्थानमा झर्नुभयो ।
भेट्रान प्रो दीपक मगरले ३-अण्डर ६५ मा तेस्रो दिनको खेल सक्नुभयो । उहाँ समग्रमा इभन-पार २०४ को नतिजामा पाँचौँ स्थानमा उक्लिनुभयो । समग्रमा २-ओभर २०६ सहित सञ्जय लामा छैटौँ स्थानमा हुनुहुन्छ । उहाँले १-अण्डर ६७ मा खेल सक्नुभयो ।
बुधबार ४-अण्डर ६४ को उत्कृष्ट नतिजासहित समग्रमा ३-ओभर २०७ सहित विष्णुप्रसाद शर्मा सातौँ स्थानमा उक्लिनुभयो । एमेच्योर टासी छिरिङ र प्रो रामे मगर समग्रमा ४-ओभर २०८ सहित आठौँ स्थानमा हुनुहुन्छ । टासीले २-अण्डर ६६ मा खेल सक्नुभयो । उहाँ एमेच्योरतर्फ दोस्रो स्थानमा हुनुहुन्छ । पहिलो दिनका लिडर रामेले ५-ओभर ७३ को खराब प्रदर्शन गर्नुभयो ।
समग्रमा ५-ओभर २०९ सहित भुवनकुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतीले १०औँ स्थान बाँड्नुभयो । भुवनले ४-अण्डर ६४, जयरामले ३-ओभर ७१ र दिनेशले ५-ओभर ७३ मा खेल सक्नुभयो ।
उपाधि रक्षा गर्ने दाउमा रहनुभएका सद्भावले पहिलो होलमा नै ओबी प्रहार गर्दै सो होलमा बोगी खेप्नुभयो । तर, उहाँले उत्कृष्ट पुनरागमन गर्नुभयो । दोस्रो होलमा बर्डी र ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गर्नुभयो । यसपछि पाँचौँ होलमा एक सट खेर फाल्नुभयो भने सातौँ होलको बर्डीले फ्रन्ट नाइन २-अण्डर ३२ मा सक्नुभयो । यसपछि १३औँ होलको बोगीका विरूद्ध १०औँ, १५औँ र १८औँ होलमा बर्डीको सफलतासहित सद्भावले ब्याक नाइन २-अण्डर ३२ मा नै पूरा गर्नुभयो । अन्तिम १८ होलको खेल बाकी छँदा करियरको तेस्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाउनुभएको छ ।
रविले फ्रन्ट नाइन १-अण्डर ३३ र ब्याक नाइन २–अण्डर ३२ मा सक्नुभयो । उहाँले चौथो, १३औँ, १४औँ र १६औँ होलमा चार बर्डी प्रहार गर्नुभयो भने १२औँ होलमा एक सट खेर फाल्नुभयो । भुवनले लोभलाग्दो सुरूवात गर्दै फ्रन्ट नाइन ४-अण्डर ३० मा सक्नुभयो । पहिलो, चौथो, आठौँ र नवौँ होलमा उहाँले बर्डी प्रहार गर्नुभयो । यसपछि १०औँ र १७औँ होलमा पनि उहाँले एक-एक सट बचाउनुभयो भने १८औँ होलमा बोगीको सामना गर्नुभयो ।
धनले फ्रन्ट नाइन १-अण्डर ३३ र ब्याक नाइन १-ओभर ३५ मा पूरा गर्नुभयो । उहाँले तेस्रो, आठौँ र १३औँ होलमा बर्डी प्रहार गर्दा चौथो, १७औँ र १८औँ होलमा एक-एक सट खेर फाल्नुभयो ।
चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । कुल पाँच लाख ७२ हजार २५० नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले नगद एक लाख पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन् । यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौँ हुनेलाई ३६ हजार प्रदान गरिनेछ । कट बनाएका २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच