मनमोहन अधिकारीकाे शालिकमा अध्यक्ष ओलीद्वारा माल्यार्पण

तस्बिरः रासस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

२४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उहाँले माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो ।

नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?