केन्टको नयाँ वर्ष अफर

Read Time = 2 mins

काठमाडौं । यो नयाँ वर्ष स्वास्थ्य र शुद्धतासँग सुरुवात गर्नुहोस् भन्ने नाराका साथ नेपालमा केन्ट उत्पादनको आधिकारिक बिक्रेता इओएलले नयाँ वर्ष लक्षित ग्राहक योजना ल्याएको छ । योजनाअन्तर्गत केन्टको कुनै पनि आरओ मोडल खरिदमा भ्याकुम फ्लास्क/भेजिटेबल चपर र अरू कुनै पनि सामान खरिदमा लक्की ड्रमार्फत् दुबई घुम्ने सुनौलो मौका पाइनेछ । योजना सीमित अवधिका लागिमात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रत्येक वर्ष लाखौँ नेपाली पानीजन्य रोगले संक्रमित हुन्छन् र हजारौँले ज्यान गुमाउँछन् । पिउने पानीमा उच्च टिडिएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायन हुन सक्छ । साथै घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइप लाइनमार्फत् आउने र अस्वस्थ ट्यांकीमा भण्डारण हुने गर्छ । त्यसैले पिउनुअघि पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त आवश्यक छ ।

केन्ट आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणका लागि महत्वपूर्ण आवश्यकता भएको कम्पनीको दाबी छ । केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरण÷डिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि बजारमा उपलब्ध छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?