नयाँदिल्ली । अघिल्ला दुई दिनको तुलनामा बिहीबार भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा बिहीबार कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार बुधबार नौ हजार ६२९ जनामा संक्रमण पुष्टि भएको थियोभने बिहीबार नौ हजार ३५५ जना संक्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ । यो संक्रामक रोगबाट बिहीबार २६ जनाले ज्यान गुमाएका छन् । मंगलबार छ हजार ९३४ जना संक्रमित थपिएका थिएभने सोमबार छ हजार तीन सयजना बिरामी फेला परेका थिए ।
पछिल्लो समय भारतमा ५७ हजार ४१० जना सक्रिय संक्रमित छन् भने चार करोड ४३ लाख ३५ हजार ९७७ जनाले कोभिड-१९बाट पूर्ण स्वास्थ्यलाभ गरेको उक्त मन्त्रालयले जनाएको छ । रासस/पिटिआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच