अब छिट्टै नै संसदीय समितिले नेतृत्व पाउँछ : सभामुख

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सभामुख देवराज घिमिरले संसदीय सभापति चयन गर्न प्रमुख तीन दलका शीर्षनेताहरुले प्रतिबद्धता जनाएको जानकारी दिनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरले संसदीय समिति सभापति चयन गर्ने विषयमा ध्यानाकर्षण गराएपछि उहाँहरुले सो प्रतिबद्धता जनाउनु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समितिका सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाएको बैठकपछि सभामुख घिमिरेले जानकारी दिनुभयो ।

‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ । अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ । छिट्टै नै समितिले नेतृत्व पाउँछ,’ उहाँले भन्नुभयो, ‘समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेका छैनन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?