नेपाल-इटली चेम्बरको उपाध्यक्षमा राजवंशी

Read Time = 1 min

काठमाडौं । नेपाल-इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रूपक राजवंशी चयन हुनुभएको छ । नेपाल इटली चेम्बरको दोस्रो बैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो । शिक्षा क्षेत्रसँग आबद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपलसमेत हुनुहुन्छ ।

इटली चेम्बरका अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयगत समिति पनि गठन गरेको छ । कार्यसमिति सदस्य सरिक बोगटीको संयोजकत्वमा पर्यटन प्रवद्र्धन समिति, विनोद सग्तानीको संयोजकत्वमा उद्योग तथा लगानी प्रवद्र्धन समिति, सुवासविक्रम शाहको संयोजकत्वमा व्यापार तथा आर्थिक प्रवद्र्धन समिति र किशोर भट्टराईको संयोजकत्वमा संस्कृति, खेलकुद, शिक्षा तथा सामाजिक प्रवद्र्धन समिति गठन भएको संघले जनाएको छ । इटलीका लगानीकर्ता तथा पर्यटकलाई नेपालमा आमन्त्रण गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा सम्बन्ध विस्तार गरिने अध्यक्ष अग्रवालले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?