बाजुरामा भूकम्पको दुई धक्का, पहिलो भन्दा पछिल्लो शक्तिशाली

हिमालय टाइम्स
Read Time = 1 min

बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर बिहीबार राति दुईपटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।

मापन केन्द्रमा रेकर्ड भए अनुसार अघिल्लो भन्दा पछिल्लो भूकम्प शक्तिशाली रहेको थियो । जसअनुसार राति ११ः५८ बजे गएको भूकम्प ४.९ म्याग्निच्यूडको थियो भने १ः३० बजे गएको भूकम्प अघिल्लो भन्दा बढी शक्तिशाली थियो । पछिल्लो भूकम्प ५‍.९ म्याग्निच्यूड रहेको रेकर्ड हुन पुगेको जनाइएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भने सो भूकम्पले क्षति गरे नगरेको बिहानसम्म कुनै जानकारी नआएको बताउनुभएको छ।

यद्धपी, सो भूकम्पबाट हुन सक्ने क्षति र त्यसका विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित बिपद ब्यवस्थापन टोली परिचालन भने गरिएको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?