शैक्षिक गुणस्तर वृद्धिका लागि नन्दादेवी मावि कोटबाडामा बालमैत्री विद्यालय भवन निर्माण

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 10 mins

कालीकोट । बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिका निर्माण गरिएको नन्दादेवी माध्यमिक बिद्यालय नरहरिनाथ गाउँपालिका १ को बालमैत्री बिद्यालयको भवन र लैङ्गिक मैत्री शोैचालय तथा खानेपानी धाराको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ ।

मंगलबार एक ओैपचारी कार्यक्रमकाबीच कर्णाली प्रदेश सभाका सांसद हिक्मतबहादुर बिष्टले नवनिर्मित चार कोठे बिद्यालय भवन र लैङ्गिक मैत्री शोैचालयको उद्घाटन गर्नुभएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा प्राविधिक सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वयमा किर्डाक नेपालद्वारा सञ्चालित ूलैङ्गिक मैत्री, सुरक्षित र समावेशी विद्यालय परियोजनाू मार्फत नवनिर्मित नन्दादेवी माध्यमिक बिद्यालय कोटबाडाको चार कोठे बिद्यालय भवन लैङ्गिक मैत्री शोैचालय तथा खानेपानी धारा निर्माण भएपछि प्रदेश सभाका सांसद बिष्टले उद्घाटन गर्नुभएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालद्वारा सञ्चालित समावेशी परियोजना मार्फत ९० लाख ५५ हजार ४ सय ८४ रूपैयाँको लागतमा निर्माण गरिएको लैङ्गिक मैत्री र अपाङ्ग मेैत्री शोैचालय र खानेपानि धारो उद्घाटनपछि बिद्यालयलाई हस्तान्तरण समेत गरिएको जनाइएको छ ।

बालमैत्री बिद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेश सभाका सांसद हिक्मतबहादुर बिष्टले प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपालले विभिन्न समयमा विभिन्न खालका उपलब्धि मुलक काम गर्दै बालमैत्री बिद्यालय भवन र अपाङ्गमैत्री शोैचालय संरचना निर्माण कार्य गरेर यहाँको विकासमा अहम भूमिका खेलेको बताउनुभयो ।

उहाँले शिक्षालाई मौलिक हकको रुपमा राखिए पनि सर्वसाधारणको पहुँचमा शिक्षा अझै पुग्न नसकेको गुनासो गर्नुभयो । हामी र हाम्रा विद्यालय बालमैत्री बन्न सकेका छैनन् । ुउहाँले भन्नुभयो, बालमैत्री विद्यालयद्धारा समाजलाई रुपान्तरण गर्न र शिक्षा मनोविज्ञान अनुसार शिक्षण गर्नका लागि विशेष गरी शिक्षकको भूमिका सहयोगी, अध्ययनशील र सहजकर्ताको रुपमा साथै व्यवस्थापकको भूमिका नेतृत्वदायी हुनुपर्नेमा जोड दिनुभयो ।

गुणस्तरीय शिक्षाको लागि बालमैत्री विद्यालय र बालमैत्री विद्यालयद्धारा व्यवस्थित बालमैत्री शिक्षा नै आजको मूल आदर्श भएकाले शिक्षामा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुलीले प्लान इन्टरनेशनल नेपालले किर्डाक नेपालसँगको साझेदारीमा परियोजना मार्फत विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताउँदै भौतिक पूर्वाधरले मात्र नहुने र आगामी दिनमा बालमैत्री कक्षा सञ्चालन, बाललबालिकाको सिकाइ उपलब्धि दर बढेको, बालबालिकाहरु अध्ययनको लागि बिद्यालयमा भयरहित बाताबरणमा नियमित आउने कुरामा आफूहरुको अपेक्षा रहेको बताउनुभएको छ ।

साथै उहाँले विकास साझेदार संस्थाहरुले गरेको लगानी लाई खेर जाँन नदिन र निर्माण भएका संरचनाहरुलाई दिगो रुपमा ब्यवस्थित ढंगले अगाडि बढाउन सुझाव दिनुभयो । लगानी संस्थाको भएपनि त्यसलाई संरक्षण, मर्मत र ब्यवस्थित बनाउने जिम्मेवारी अभिभावक, शिक्षक, बालबालिका र आम नागरिकको भएकाले त्यसको दिगो विकास र संरक्षणमा जोड दिन आवश्यक रहेको ओैल्याउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजीत शाहीले प्लान नेपाल र किर्डाक नेपालले सामाजिक क्षेत्रको काममा अग्रणी भूमिका खेलेको र आगामी दिनमा पनि नवनिर्मित संरचनाहरुलाई मर्मत सम्भार तथा यसको रेखदेर तथा बालबालिकाको सिकाइमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षासहित शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले प्लान इन्टरनेशनल नेपालको साझेदारिमा बिगतका बर्षदेखि विभिन्न परियोजना मार्फत काम गरिरहेको र यसखालका कार्यक्रम र भोैतिक पूर्वाधार विकासका काम निरन्तर रुपमा अगाडि बढाइने जानकारी दिनुभयो ।

उहाँले बालबालिकाको शिक्षाप्रति अभिभावकको भूमिका, समुदायले विद्यालय विकासमा खेल्ने महत्वपूर्ण भूमिका र विद्यालयले आफ्नो शैक्षिक स्तर बढाउन अपनाउनेविभिन्न उपायहरुमध्ये बालमैत्री विद्यालय निर्माण र त्यहाँ सञ्चालित सिकारुमैत्री शिक्षा नै एक अपरिहार्य र अनिवार्य शर्त भएको उल्लेख गर्दै बालमैत्री विद्यालय बालबालिकाहरुले शिक्षा आर्जन गर्ने औपचारिक स्थल मात्र नभई बालबालिकाहरुले आफ्नो विचारलाई स्वतन्त्रपूर्वक व्यक्त गर्न पाउने, स्वस्थ रहने, माया पाउने, हिंसा र दुव्यर्सनबाट सुरक्षित रहने, सम्मानजनक व्यवहार मार्फत् आफ्नो सिकाइ आवश्यकताको आधारमा निर्वाध रुपले शिक्षा लिन पाउने अधिकार सुनिश्चित गर्ने थलो भएको बताउनुभयो ।

हरेक विद्यालयलाई बालसुलभ विद्यालयको रुपमा विकास गर्न शिक्षक विद्यार्थी र अभिभावकबीच त्रिपक्षीय सम्बन्ध आवश्यक रहेको बताउँदै बालमैत्री शिक्षा व्यवस्थापनमा सहयोग पुर्याउन बालमैत्री विद्यालय आवश्यक भएकाले किर्डाक नेपालले यस्ता सामाजिक कार्यमा काम गर्दै आएको जानकारी दिनुभयो । ुउहाँले भन्नुभयो, गुणस्तरीय शिक्षाको आवश्यकता सबैको सरोकारको विषय बनेको छ किनकि कुनै पनि समाज वा देशको सर्वाङ्गीण विकास शिक्षा विना सम्भव छैन् । त्यसका लागि विद्यार्थीको मनोभावनामा आधारित सक्रिय शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नबालमैत्री विद्यालयको विकास आवश्यक रहेको उहाँको भनाइ थियोे ।

यस्तै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्टले चार कोठे भवन निर्माणका लागि पनि नरहरिनाथ गाउँपालिकाले विकास साझेदार संस्थाहरुसँग समन्वय गरेर विद्यालय भवन निर्माण गर्न सफल भएको बताउनुभयो । शिक्षा र स्वास्थ्य सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष बिष्टले शिक्षा क्षेत्रमा गाउँपालिकाले आवश्यक लगानी गर्न पनि तयार रहेको बताउनुभयो । उहाँले नन्दादेवी माध्यमिक विद्यालयलाई कर्णाली प्रदेशकै नमुना बिद्यालयका रुपमा निर्माण गर्न लागि पर्ने समेत जानकारी दिनुभएको छ ।

नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य हिक्मत बिष्टको प्रमुख आतिथ्यता, प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलि र जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको विशेष आतिथ्यता रहेको थियो ।

भवन हस्तान्तरण कार्यक्रममा किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डे, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्लान इन्टरनेशनल नेपालमा आबद्ध कर्मचारी, शिक्षक, राजनीतिकदल, पत्रकार नागरिक समाज, सुरक्षाकर्मी र विद्यार्थीको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक हिरामणी सिम्खाडाले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?